
काठमाडौं ।
नेपाली सिनेमाका दुई चर्चित जोडी राजेश हमाल-करिश्मा मानन्धर र पल शाह-पूजा शर्मालाई सँगै देख्न पाइने भएको छ।
दुई फरक पुस्ताका यी जोडी गायिका अञ्जु पन्त निसान भट्टराईको स्वर रहेको हल्का हल्का लजाएर बोलको गीतमा सँगै देखिएका हुन्।
देवेन्द्र पाण्डेको निर्देशनमा बनेको म्युजिक भिडिओ हिजो बिहिबार ईनाक्षी इन्टरटेनमेन्ट च्यानलको युट्युबबाट सार्वजनिक भएको हो।
चर्चित कलाकारहरु भएको गीतको भिडिओ छोटो समयमै ट्रेन्डिङमा उक्लिँदै १५ औं स्थानमा पुगिसकेको छ।
चन्द्र प्रसाद प्रसाईको शब्द र सन्तोष श्रेष्ठको संगीतमा बनेको गीत गोपाल रसाइलीले संयोजन गरेका छन्।
उत्सव दहालको छायांकन, विकास दहालको सम्पादन रहेको यो गीत श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
सेतोपाटी