बिहिबार , बैसाख ६, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा (बादल) को तुलना खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रधानमन्त्री केपी ओली समूहका लुम्बिनी प्रदेश इञ्चार्जसमेत रहेका पोखरेलले उपनिर्वाचनको विषयमा बादल र देवकोटाको बीचमा कुनै तुलना हुन नसक्ने जिकिर गरेका छन्।

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन। मनन् गरौं,’ पोखरेलले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) र खिमलाल देवकोटा एक आपसमा भिड्दैछन्। कुनै दिन सहयोद्दा बादल र देकोटा अहिले फरक/फरक पार्टीबाट आमनेसामने हुन लागेका छन्।

२०७४ सालमा बादल बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनी नेकपा एमालेमा पार्टी प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको हुँदा उनको त्यो पद गुमेको थियो।

सोही ठाउँमा जेठ ६ गते उप-निर्वाचन हुन लागेको हो।

शुक्रबार गृहमन्त्री थापाले नेकपा एमलेको तर्फबाट र देवकोटाले नेकपा माओवादी केन्द्रसहित चार दलीय गठवन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराईसकेका छन्।

उनीहरुले हेटौंडा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार बादल काठमाडौंबाट हेलिकप्टरमा चढेर हेटौंडा पुगेका थिए।

बादलको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकास मन्त्री सरस्वती बस्नेत बसेका छन्।

त्यस्तै देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस छ। माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल प्रस्तावक र समर्थकमा कांग्रेसकी राधा घले छन्।

देवकोटा संघीयताविज्ञ पनि हुन्। चार दलको समर्थनमा उम्मेदवारी दिएको भए पनि देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएका छन्। उपनिर्वाचनका लागि नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङको पनि उमेदवारी परेको छ।

उप-निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्रै मतदान गर्न पाउने प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय