पति निकले ल्याएका थिए पत्नि प्रियंका चोपडाको जन्मदिनमा पाँच लाखको केक

एजेन्सी ।

बलिउडकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी निकसँग बिहे गरेपछि उनी घुमघाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउडबाट टाढा जस्तै भएकी छन् । तर पति निकका कारण उनी चर्चामा आइरहन्छिन् ।

भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन्। उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् ।

अगाडी थप्छिन् अचम्मको लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’ उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’ उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन् । जसको मूल्य पाँच लाख परेको थियो ।

तेस्तै , निक र प्रियंकाले ओस्कार मनोनितको नाम घोषणा गर्ने यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ । यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यसबारे थाहा थिएन ।’

फेरि निक भन्छन्, ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउनुभएको थियो कि हामी ओस्कार मनोनितको घोषणा गर्दैछौं ।’ अनि, प्रियंका अलमलमा देखिन्छिन् र फेरि भन्छिन्, ‘ठिक छ, यो निकै राम्रो छ कि हामी ओस्कार मनोनयनको घोषणा गर्दैछौं । हामीलाई लाइभ हेर्नुहोला ।’

१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छिन् । एकेडेमी अवार्डस्को आधिकारीक ट्वीटर ह्यान्डलले पनि यस खबरलाई पुष्टि गरेको छ । एकेडेमीको पोस्टमा भनिएको छ,‘ओस्कार मनोनयनका लागि को–को उत्साहित हुनुहुन्छ ? प्रियंका चोपडा र निक जोनसलाई सोमबार बिहान ५ बजे र १९ (प्यासेफिक डे–लाईट टाइम) मा हेर्नुस् ।’ ताजा नयाँ खवर

२०७८ बैशाख २५, शनिबार ०६:५८ गते 0 Minutes 118 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार