विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिरलाई घेरेर बसेको यो अचम्मको रुखका बारेमा जान्नुहोस्

काठमाडौ ।

दक्षिणपूर्वी एसियामा पर्ने देश कम्बोडियामा ९७ प्रतिशत मानिसहरु बुद्ध धर्म मान्ने गर्छन् । यसका छिमेकी देशहरु थाईल्याण्ड,भियतनाम र लाओस समेत बुद्धिष्ट देशहरु हुन् ।

तर अचम्मको कुरा के – भने यत्रो जनसंख्याले बुद्ध धर्म मान्ने देश कम्बोडियामा १२ औँ शताब्दिमा बनेको विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर रहेको छ ।

जहाँ हिन्दुहरुको भगवान बिष्णुको मुर्ति रहेको यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक पर्यटकिय स्थल पनि हो । कम्बोडियाको अंगारकोटमा रहेको उक्त मन्दिरमा विभिन्न खास कुराहरु पनि छन् ।

ति खास कुरा मध्ये सबैभन्दा खास कुरा हो । मन्दिरलाई घेरेर रहेको रुखहरु जसलाई ‘सिल्क क’टन ट्रि’ भनिन्छ ।

यो रुखका जराहरुले मन्दिरको थुप्रै भागलाई अचम्म लाग्दो तरिकाले घेरेर राखेको छ।यो रुख विश्वमा अनौठो रुखहरुको सूचीमा पनि पर्छ ।

विशालकाय उक्त विष्णु मन्दिर र रुखहरुको अद्भुत मिलन हेर्न धेरै पर्यटकहरु उक्त स्थानमा पुग्ने गर्छन् । १२ बर्ष बनबास रहँदा राजा राम उक्त स्थानमा केहि दिन बसेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
ताजा नयाँ खवर

२०७८ बैशाख २५, शनिबार ०६:४५ गते 1 Minute 170 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।