सोमबार , चैत्र १३, २०७९

काठमाडौँ

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म’हा’मा’रीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ले बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले सरकारले कोरोना म’हा’मा’री’का बेला जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो ब’ल’मि’च्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको गै’र’जि’म्मे’वारीपन एवम् अ’लो’कतान्त्रिक कार्य भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो ब’ल’मि’च्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गै’र’जि’म्मे’वारीपन एवम् अ’लो’क’तान्त्रिक कार्य हो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यू’त हुन मिल्दैन ।अत: ग’ल’त बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल ब’न्द गर्न र जनताको जी’वन र’क्षा’मा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका छन् । सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

उनले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन्, हालकै अवस्थामा विश्वासको मत पाउने स’म्भा’वना छैन । यस्तो अवस्थामा उनले एक दिनअघि संवैधानिक निकायमा नियुक्तिका लागि बैठक डाकेका हुन् ।

कान्तिपुर दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय