शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । दिनानुदिन कोभिडका बिरामी बढिरहेको बेला सांसद महतले कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि १० लाख रुपैयाँ जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराएका हुन ।

यही वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित विरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्नका लागि स्थानीय तहले एक÷एक लाख रुपैयाँ तीन दिनसम्म जम्मा गरिसक्नु पर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको एक साता वित्न लाग्दा पनि कुनै पनि स्थानीय तहले रकम जम्मा नगरेपछि सांसद महतले निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका हुन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिडका बिरामी ओसारपसार गर्न सम्बन्धित स्थानीय तहलाई परिपत्र गरिसकेको छ । स्थानीय तहले डिसीसीएमसीको बैठकमा आफै निर्णय गर्ने तर निर्णयको आफै कार्यन्वयन नगर्ने गरेकोले कोभिड एम्बुलेन्स व्यवस्थापन हुन सकेको थिएन ।

सांसद महतले सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ तिला गाउँपालिकालाई उपलव्ध गराउने छन् । गाउँपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई उपलव्ध गराउने छ । सांसद महतले उपलब्ध गराउने रकमले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स व्यवस्थापन गर्र्न सहज हुने भएको छ ।

जुम्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । यसअघि ६२ जना कोरोना संक्रमित थिए । वैैशाख २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आरटी पिसिआर ल्यावमा ४० जनाको स्याम्पल परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरु लक्षणसहितका छन् । उनीहरुलाई अक्सिजनको पनि आवश्यकता पर्ने जनाएको छ । धमाधम लक्षणसहितका संक्रमित देखिन थालेपछि कोभिड एम्बुलेन्सको जरुरी देखिन थालेको हो । नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय