बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्‍याउन तयार रहेको बताएका छन्।

उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएको छ। सो उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।

उक्त उडानमा बेजोस हुने वा नहुने भन्नेबारे भने स्पष्ट गरिएको छैन् । कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ। इलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने यात्रा घोषणा गर्ने अपेक्षा गरेको छ। स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।।

अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौँ अमेरिकी डलर पर्ने बताइएको छ। बेजोसले ठूला रकेटहरूको समेत विकास गरिरहेका छन् र उनले आएमजनफ्नै भूउपग्रहमा आधारित इन्टरनेट नेटवर्क बनाउने योजना बनाएका छन्। एजेन्सी

यो पनि

नयाँदिल्ली, चैत २१। भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।

यो तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।

भारतका एक जना आईएस अफिसरले बिहीवार सवैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्वीटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।

उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तिर्ण ३८ वर्षिय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकि छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

आईएस अफिसर सुप्रिया साहुका अनुसार यो खेती भारतीय किसानको लागि गेम चेन्जर सावित हुन सक्छ । कृषक अमरेश सिंहले काशीस्थित भारतीय सब्जी रिसर्च इष्टिच्यूटको कृषि विज्ञको रेखदेखमा यो खेतीको शुरुवात गरेका हुन् । उनले शुरुवात रुपमा पाँच कट्ठा जग्गामा उक्त खेती गरेका छन् ।

होप सुट्सको प्रयोग गरेर बनाएको औषधीले क्षयरोगको उपचार हुने बताइएको छ । यसको अलावा यसको फूलबाट रक्सी पनि बनाउन सकिनेछ । त्यसैगरी यसको डाँठ तरकारीका लागि प्रयोग गर्न सकिन्छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय