बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

बैशाख २७ गते केपी शर्मा ओलीले संसदबाट बिस्वासको मत लिने तयारी गर्दै गर्दा माधव-झलनाथ पक्ष भने राजनीतिक जीवनकै कठोर निर्णय लिने दिशामा अघि बढेका छन् । केपी शर्मा ओलीबाट बारम्बार हेपीएको महसुस गरेका यी दुई नेताको साथमा हालसम्म २१ जना सांसद रहेका छन् । यिनै २१ जना सांसदले सामुहिक राजीनामा गरेर २७ गते ओलीको शिरमा साढे सात बनेर घुम्ने उनीहरुको तयारी रहेको बुझ्न सकिन्छ ।

संसदमा एउटा मात्र सदस्य रहेको दलले समेत आफुलाइ निकै शक्तिशाली ठान्ने नेपाली राजनीतिमा २१ जना सांसदको राजीनामा सामान्य होइन । यस प्रकारको असामान्य निर्णयमा सानो चोटले कुनैपनी राजनीतिकर्मी पुग्दैन । ओलीले बारम्बार झुट भ्रम छरेर उनीहरुको दिलमा गहिरो चोट पुर्याएकै कारण माधव-झलनाथहरु यस प्रकारको जटिल निर्णयको मोडमा पुगेको राजनितीक बिश्लेषकहरु बताउँछन् ।

२१ सांसदको राजीनामापछि के हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि राजीनामा दिने तयारी हुनु अर्थपूर्ण छ । २१ जना नेकपा एमालेका सांसदले राजीनामा दिएमा १०० जना सांसदमात्र बाँकी रहन्छन् । एमाले संसदमा सबैभन्दा ठूलो दल कायमै रहन्छ । तर, बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई फलामको च्यूरा सावित हुन्छ ।

यस्तो अवस्थामा ओलीले बहुमत सिद्ध गर्न थप २३ सांसद जरुरी हुन्छ । काँग्रेस र माओवादी केन्द्रबाहेकबाट जसपाको सबै सांसद पक्षमा आउँदैनन् । जसपाको ३२ मध्ये २३ सांसद तान्न सजिलो छैन । नेमकिपा र जनमोर्चाबाट पनि ओलीलाई मत आउने सम्भावना देखिदैन । ओली सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ढोका काँग्रेस, माओवादी र जसपाको एउटा पक्षले रोक्न सक्छ ।

एमालेका २१ जनाको राजीनामाले प्रतिनिधि सभामा बाँकी हुने २४५ सिटसंख्यामध्ये बहुमत अर्थात् १२३ पुग्न काँग्रेस र माओवादीलाई अर्को कुनै दलबाट १३ सिट भए पुग्छ । ३२ सिट रहेको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधरबाट त्यो संख्या पुग्न सक्छ । ओलीलाई रोक्ने यही रणनीतिका साथ माधव नेपाल कठोर कदमका लागि बढेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय