बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् ।

शुक्रबार साँझ मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा भेट्न प्रचण्ड ६ बजे बुढानिलकण्ठ पुगेका हुन् । उनीहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो ।

यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पुगेर देउवासँग छलफल गरेका थिए ।

काँग्रेस स्रोतका अनुसार देउवा र प्रचण्डबीच प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल बनाएर नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल भएको थियो ।

साथै छलफलमा ओली पक्षसँग बाक्लिएको एमालेको माधव नेपाल पक्षको छलफलका विषयमा पनि कुराकानी भएको थियो ।

ओली र नेपालमा एमाले एकता कायम राख्नुपर्ने दोस्रो तहको नेताको दबाब बढ्नुलाई देउवा र प्रचण्डले नजिकबाट नियालिरहेका बुझिएको छ ।

शुक्रबार नै नेपाल पक्षका नेता भीम रावलले पनि देउवासँग छलफल गरेका थिए ।

देउवाले पछिल्ला समय नेताहरुसँग भएको छलफलबारे आफू निकट शीर्षस्थ नेतालाई ब्रिफिङ गरेका थिए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय