शुक्रबार , चैत्र १६, २०८०

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमतस् मेलिन्डाले विवाहको २७ वर्षपछि स’म्ब’न्ध’वि’च्छे’द गरेका छन् । दुबैले आफ्नो साझा बयान जारी गरेर आफ्नो वि’वाह स’मा’प्त भएको घोषणा गरेका छन् । २७ वर्षको लामो समय सँगै बिताएपछि अ’चा’नक यतिबेला स’म्ब’न्ध’वि’च्छे’द लिएको कुराले सबैलाई अचम्मित पारेको छ । आउनुहोस् बिल गेट्स र मेलिन्डाको प्रेम कहानीदेखि स’म्ब’न्ध’वि’च्छे’द सम्मको कहानीः

सन् २०१९ मा नेटफ्लिक्समा रिलिज भएको ‘इनसाइड बिल्स ब्रेन’ सिरिजमा बिल गेट्सका नीजि जीवनबारे धेरै कुरा देखाइएको छ । उक्त डकुमेन्ट्रीका अनुसार मेलिन्डाले सन् १९८७ मा प्रोजेक्ट म्यानेजरको रुपमा माइक्रोसफ्ट जोइन गरेकी थिइन् । एक बिजनेस डिनरका बेला पहिलो पटक बिलको भेट मेलिन्डासँग भयो र दुबैको नि’क’टता बढ्न थाल्यो ।

सुरुमा बिल र मेलिन्डा आफ्नो सम्बन्धको विषयमा गम्भीर थिएनन् । डकुमेन्ट्रीको एउटा भागमा बिल भन्छन्, ‘उनका अरु पनि प्रेमी थिए र मसँग माइक्रोसफ्ट थियो । हामी दुईजना एक–अर्काको विषयमा गम्भीर थिएनौं न नै एक–अर्कासँग समय बिताउन चाहन्थ्यौं । ’

यद्यपि, एक वर्षको भेटघाटपछि उनीहरुको कहानी फेरियो ।

एकदिन बिलले अचानक मेलिन्डालाई ‘आ’ई ल’भ यू’ भनिदिए । मेलिन्डाले पनि बिलसँग आफ्नो प्रे’म व्यक्त गरिन् । बिलले भने, ‘हामी एक–अर्काको असाध्यै हेरविचार गर्दथ्यौं र हामीसँग दुईवटा मात्रै सम्भावना थिए । कि त ब्रेकअप गर्ने कि विवाह । ’ डकुमेन्ट्रीमा मेलिन्डा हाँस्दै भन्छिन्, ‘उनले एउटा निर्णय लिनुपर्ने नै थियो । एकदिन म बिलको कोठामा गएँ जहाँ उनी आफ्नो ह्वाइटबोर्डमा वि’वा’ह गर्दाका फा’इ’दा र हा’नी’बारे एउटा सूची तयार पारिरहेका थिए ।’

मेलिन्डाका अनुसार बिल विवाह त गर्न चाहन्थे तर उनी माइक्रोसफ्ट चलाउनुका साथै विवाहलाई पनि निभाउन सक्लान् त भन्ने दु’वि’धामा थिए । यस्तै बिलले आफूले विवाहको विचारलाई निकै ग’म्भी”र’ताका साथ लिएको बताएका थिए । अन्त्यमा सन् १९९४ मा दुबैले विवाह गरे । त्यतिबेला बिलको उमेर ३८ थियो र मेलिन्डा २९ वर्षकी थिइन् ।

यी दुईका तीन सन्तान छन् । सन् १९९६ मा मेलिन्डाले आफ्नी जेठी छोरी जेनिफर जन्माइन् । त्यसपछि सन् १९९९ मा छोरा रोरी र सन् २००२ मा कान्छी छोरी फोएबेकी आमा बनिन् । सन्तान जन्माएको ९ वर्षपछि मेलिन्डाले माइक्रोसफ्ट छोडिन् । यद्यपि, उनले काममा आफ्ना श्री’मा’नलाई भने सघाइरहिन् ।

सन् १९९४ मा यी दुईले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनको सुरुवात गरे । यो फाउन्डेशनले स्वास्थ्य, शिक्षा र विकासको मुद्दामा काम गर्छ । सन् २०१९ मा एक फेसबुक लाइभमा बिलले भनेका थिए, ‘एकसाथ काम गर्नुका साथै एउटा परिवारलाई सम्हाल्नु चुनौतीयुक्त काम हो । हामी निकै भाग्यमानी छु किनभने हामी धेरैजसो चिजलाई एउटै दृष्टिकोणले हेर्छौं, हामी दुईको लक्ष्य असाध्यै समान छ ।’

डकुमेन्ट्रीमा बिलले मेलिन्डाको तारिफ गर्दै उनलाई वास्तवमा नै सच्चा साथी बताएका थिए । बिलले भनेका थिए, ‘मेलिन्डा एक सकारात्मक दृष्टिकोण राख्छिन् र मभन्दा निकै राम्रो तरिकाले मानिसहरुलाई भेट्छिन् । उनी मभन्दा पनि उत्कृष्ट मानिस हुन् ।’

बिल र मेलिन्डाकी छोरी जेनिफर स्ट्यानफोर्डमा मेडिकलको पढाई गरिरहेकी छिन् । जेनिफरले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक बयान जारी गरेकी छिन् जसमा उनले आफ्ना आमा–बुवा अलग्गिएको कुरा लेखेकी छिन् ।

पोस्टमा जेनिफरले लेखिन्, ‘यो हाम्रो पूरा परिवारका लागि एक चुनौतीपूर्ण समय हो । म अहिले पनि सिकिरहेकी छु कि यो समय म आफूलाई सम्हाल्नुका साथै परिवारका अन्य मानिसहरुलाई ध्यानमा कसरी राखूँ ।  तपाईंहरु सबैको समर्थन र सहयोगका लागि धन्यवाद ।’ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय