शुक्रबार , बैसाख ७, २०८१

विवाहको २७ वर्षपछि विश्वकै धनिको सूचीमा रहेका बिल गेट्स र मेलिन्डाको स’म्ब’न्ध’वि’च्छे’द भयो । माइक्रोसप्टका संस्थापक समेत रेहका बिल गेट्सको स’म्ब’न्ध’वि’च्छे’दपछि उनीहरुको विषयले विश्वभर चर्चा पाइरहेको छ । यसैबीच, उनीहरुको प्रे’म, विवाह र सम्बन्धलाई लिएर विभिन्न खुलासाहरु भइरहेका छन् ।

मेलिन्डासँग विवाह गर्नुअघि बिल गेट्सले उनकी प्रे’मि’कालाई लिएर एक श’र्त राखेका थिए ।

सन् १९९७ मा टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा बिल गेट्सले प्रेमिकाको विषयमा राखेको शर्तको बारेमा खुलासा गरेका थिए ।
उनले मेलिन्डासँग विवाह गर्नुपूर्व आफ्नी प्रेमिका एन विनब्ल्याडसँग हरेक वर्ष एक लामो समयका लागि “विकेन्ड” का लागि जान पाउनुपर्ने शर्त राखेको बताएका थिए ।

यति मात्र होइन उनले मेलिन्डालाई वि’वा’हको प्रस्ताव राख्नुअघि आफ्नी प्रे’मि’काको स्वीकृती समेत लिएका थिए । उनले अन्तरवार्तामा भनेका थिए, “ मैले मेलिन्डासँग वि’वा’ह गर्नुअघि मेरी प्रेमिका विनब्ल्याडसँग फोन गरेर स्वीकृती लिएको थिएँ । उनले पनि मलाई विवाह गर्न स्वीकृती दिएकी थिइन् ।”

विनब्ल्याड सप्टवेयरको विज्ञ थिइन् । र बिल गेट्सभन्दा ५ वर्ष जेठी पनि । अलग अलग शहरमा बस्ने भएकाले उनीहरु भर्चुअल डे’ट गर्ने गर्थे । उनीहरु एकै समयमा एउटै फिल्म हेर्थे र फोनमा यसको विषयमा कुराकानी गर्थे ।

अन्तरवार्तामा बिल गेट्सले भनेका थिए, “ हामी आफ्नो र विश्वभरका घटनाको विषयमा आफ्नो धारणा शेयर गर्ने गथ्यौँ ।”

सन् २००५ मा सान फ्रान्सिस्को क्रोनिकल अखबारलाई दिएको एक अन्तरवार्तामा विनब्ल्याडले भनेकी थिइन्, “ जब मैले बिलसँग डेट गर्न थालेको थिएँ त्यतिबेला उनी कुनै ठूलो व्यक्ति थिएनन् । एक समय थियो मेरो आर्थिक अवस्था उनको भन्दा राम्रो थियो र म हरेक चिजको पैसा तिर्ने गर्थेँ ।”

बिल गेट्स विनब्ल्याडको प्रे’म’मा पा’ग’ल थिए । उनले उनको लागि खाना खान पनि छोडे । बिल सधैँ उच्च बिचार राख्ने भएको विनब्ल्याड उनीसँग प्रभावित थिइन् ।  रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय