बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

बुधबार रामकुमारी झाक्रीले सामाजिक संजालमा पोष्ट गरिन्, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों। अर्थात हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।

झट्ट हेर्दा यो झाक्रीको व्यक्तिगत आक्रोस जस्तो लाग्छ। तर उनले जानी नजानी यतिबेला एमाले भित्रको तितो यतार्थता पोखिरहेकी थिइन्। विश्वासको मत दिनुभन्दा बरु राजिनामा दिने भन्ने नेपाल पक्षका सांसदको योजनालाई कतिपयले डुव्ने र डुवाउने तयारीकोरुपमा समेत हेरे।

डुविने डरले किनारा खोज्नै होला पछिल्लो समय एमाले भित्रको अविश्वासको पोखरीमा नेताहरु वार्ताको बाँकटे हान्दै छन्। पोखरीमा डुब्ने मान्छे प्रायः पानीको कारणले भन्दा अन्धाधुन्ध तैरने प्रयासमा डुव्ने गरेको भेटिन्छ। शान्तसंग हात चलाउने हो भने पौडिन नजान्ने पनि तैरिनसक्छ। तर यतिबेला नडुव्नको लागि दुवै पक्ष हात चलाउँदै छन्।

हात चलाउने सवालमा ओली पक्ष केही शान्त देखिएको थियो नेपाल पक्षको तुलनामा। तर राष्ट्रिय सभा सदस्यको निर्वाचनको मुखमा देखिएकाे विपक्षी गठबन्धनको भेल बगिने डरले ओली पक्षलाई पनि चलायमान बनाइदिएको छ।

डरले त होलानी पटक पटक वार्ता असफल भएपनि फेरि वार्ता चल्दै छ। यसका लागि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पनि तयार भएको समाचार आएका छन्। उच्च वार्ताको पूर्व तयारीको लागि होला बुधबार राती बालुवाटारमा नेपाल पक्षका सांसदसंग प्रधानमन्त्रीले घन्टैं कुराकानी समेत गरेका छन्।

उनीहरु डुब्नदेखि पनि डराउँछन् तर अविश्वासको पोखरी पुर्न पनि सक्दैनन्। त्यसैले जति सुकै वार्ता गरेपनि डर कायमै रहन्छ। किनकी अविश्वास पोखरी सुख्खायाममा पनि सुक्दैन। अविश्वास कायमै रहँदा आपसी पदको भागवण्डामा रहेर वार्ताको क्रम चलेको ठानेर होला झाक्रीले नयाँ स्टास राखेकी छिन् ,‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन।’

यो पनि उनको व्यक्तिगत कुरा मात्र होइन होला। त्यसैले पछिल्लो पनि कुरा हुनु अगाडीनै जोखिमा परेको देखिन्छ। अझ त्यसमा पनि झाक्रीको पुरानो स्टाटास अझै मेटिएको छैन, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे।’ नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय