बिहिबार , चैत्र ९, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

इश्वरी जिएम, नेकपाकाे पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर (१० वर्षे शसस्त्र द्वन्द्वमा सहभागी भएका) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै कतिपय जिम्मेवार साथीहरुले निर्वाचनमा जाने अभियानसहित गाउँ आए खुकुरीले छप्काउने, रगतकाे खाेलाे बगाईदिने जस्तो अत्यन्तै गैरजिम्मेवारपुर्ण म्यासेजहरु म्यासेन्जरमा पठाएर पुनः १० वर्षे “पिरियड”कै झल्को दिई आफुलाई बहादुरी देखाईरहनुभएकाे छ। तर, म त्यसलाई कायरता प्रर्दशन भन्छु। म साथीहरुलाई हार्दिकतापूर्वक र बिनम्रताकापूर्वक यसरी उत्तेजित र उत्ताउलो तरिकाले प्रस्तुत नहुन अनुराेध गर्न चाहन्छु।

१० वर्षे शसस्त्र द्वन्द्वकालमा राेल्पालाई तपाईंहरुले राजधानी र माओवादी किल्लाकाे रुपमा घाेषणा गरेपनि २०७४ सालकाे स्थानीय निर्वाचनमा १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ वटा गाउँपालिका सहित ११ वटा वडा र नेपाली कांग्रेसले पनि १ गाउँपालिका सहित १२ वडा र स्वतन्त्र २ वडाहरु जितेर तपाईंहरुले साेचे जस्तो राेल्पा “क्लिन स्विप”काे सपनालाई भत्काईदिसकेका छन्।

त्यसैले हिजाे पनि, आज पनि र भाेलि पनि तपाईंहरुले देखाउने त्याे दम्भ र ध’म्किपुर्ण ब्यबहारले १० वर्षे पिरियडमा त जनता तर्सिएर पनि थुरुरु हुँदै भित्र जे भएपनि बाहिरी समर्थन गरेकै हुन्। तर, शान्ति प्रकृयापछि र आजका दिनसम्म आउँदा अब जनताले सत्य के हाे? प्रस्ट छुट्याएर खुलम-खुला अभिमत प्रकट गर्ने हिम्मत राख्दछन्। त्यसैले मेराे म्यासेन्जरमा धम्किका भाषा पठाउन छाेड्नुस् र, पठाईरहनुभयाे भने स्कृनसट गरेर सामाजिक सञ्जालमा तपाईकाे रुप उघारिदिन म बाध्य हुनेछु।

अन्त्यमा, जनता जनार्दन हुन्। हाम्रा पार्टीका केही साथीहरु ताजा जनादेशमा गए सकिन्छाैँ भन्ने भयले सडकमा रमिता देखाईरहदा, हामी ताजा जनादेशमा जान हिम्मत गर्नेवाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन र एकताकै पक्षमा रहेकाहरु उहाँहरुले रमिता देखाईरहेकाे सडकदेखि तलमाथि र दायाँ-बायाँ छरिएर रहेका गाउँ बस्तिहरुमा निर्वाचन तयारीका साथ पार्टी केन्द्रकाे निर्देशन अनुसार गाउँ-गाउँमा पसिरहेका छाैँ।

त्यसैले याे वा त्याे बहाना र गलत भ्रम छरेर सडक आन्दाेलनकाे नाम दिई जबर्जस्ती उहिलकाे जस्तो बलजफ्ती तरिकाले सडकमा ल्याउन खाेज्नेहरुलाई सशक्त प्रतिकार गर्दै, ताजा जनादेशकाे पक्षमा खुट्टा नकमाएर लाग्न म सबैलाई हार्दिक अनुराेध गर्दछु।

– जिएम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुन्। जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय