बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

भनिन्छ, विश्वमा एउटै व्यक्तिका ७ जना हमसक्ल हुन्छन् । चर्चित व्यक्तिसँग अनुहार मिल्ने मान्छे फेला पर्यो भने रातारात भाइरल भैसकेको हुन्छ । बलिउड कलाकारहरुसँग अनुहार मिल्नेहरु पनि विश्वका विभिन्न देशहरुमा देखिने गरेका छन् ।

उनी क्षणभरमा नै भाइरल पनि भैसकेका हुन्छन् । भारतका हर कलाकारको प्रतिलिपि पाकिस्तानमा भएको कुरा समय समयमा चर्चाको विषय बनिरहेको हुन्छ । पाकिस्तानी कलाकारसँग अनुहार मिल्ने भारतीयहरु पनि छन् ।

यस पटक पाकिस्तानी अभिनेत्री ऐमान सलीम र अनुष्का शर्माको अनुहार सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । ऐमान पाकिस्तानी नाटक श्रृंखला ‘चुपके चुपके’ को कारण चर्चामा छिन् ।

यो सीरियललाई भारतमा पनि राम्रो मन पराइएको छ । एकै साथ उन​​को फ्यान फलोइङ्गग पनि अचानक बढेको छ । ऐमानको तुलना सामाजिक सञ्जालमा अभिनेत्री अनुष्का शर्मासँग गरिएको छ ।

ती मध्ये केहीले अनुष्का जस्तै देखिएको भनेका छन भने कोही अनुष्का भन्दा सुन्दर भएको प्रतिकृया दिइरहेका छन् । एक प्रयोगकर्ताले उनलाई पाकिस्तानको अनुष्का लेखेका छन् ।

अर्को एकजनाले लेखेका छन्, ‘म भारतबाट हुँ र यूट्यूबमा सीरियलमाथि एक नजर राखें ।’ सीरियल हरेपछि आफु ऐमानको प्रशंसक भएको भनेका छन् । अर्को एकजनाले लेखेका छन्, ‘म भारतबाट हुँ तर मलाई लाग्छ एमान अनुष्का भन्दा राम्रो छिन् ।

तुलना नगर्नुहोस् ।’ तपाईंलाई जानकारी गराउ कि यो पहिलो पटक होइन जब भारत र पाकिस्तान अभिनेत्रीहरू तुलना गरियो । पाकिस्तानकी हीना खान हालै चर्चामा थिइन् । मानिसहरूले उनलाई करिश्मा कपूरको प्रतिलिपि भन्दै चर्चामा ल्याएका थिए ।

जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय