बिहिबार , चैत्र १५, २०८०

काठमाडौ ।

दीपिका गजुरेल सानै उमेरमा ठूलो सफलता हात पार्ने नेपाली छोरी हुन् । उनी जिल्ला सरकारी वकील कार्यालय, भक्तपुरमा सहायक जिल्ला न्यायाधिवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा छिन् ।

नर्सरी देखि कक्षा १० सम्म काठमाडौको मीनभवन स्थित एक स्कुलमा पढिन् । २०६७ सालको एसएलसी मध्यम नतिजा ल्याएकी उनले क्याम्पस स्तरमा आएपछि टप थ्रीमा राख्न सफल हुन थालिन् ।

प्लस टु काठमाडौको तीनकुने स्थित पेण्टागन कलेजबाट सकाएपछि उनी कानून विषयको अध्ययनमा छिरिन् । कानूनमा स्नातक तहको सकेर उनले त्यही क्षेत्रको सरकारी सेवामा जाने निर्णय लिइन् । बाबुपनि न्याय सेवा तर्फको सरकारी सेवामा रहेका कारण त्यसको आकर्षण उनलाई थाहा थियो ।

स्नातक सकेर उनले नेपाल कानुन व्यवसायी परिषदद्वारा २०७६ सालमा संचालित कानुन व्यवसायी अधिवक्ता तहको २६ औं परीक्षामा उत्कृष्ट दस स्थान हासिल गरि प्रथम भइन् । त्यसपछि उनको परिचय सानै उमेरमा अधिवक्ताको रुपमा   रह्यो ।

उनले कुनैपनि ल फर्ममा काम नगरी सिँधै सरकारी वकीलको परीक्षाको तयारी गरिन् । त्यहाँपनि उनी उत्कृष्ट स्थानमा नै नाम निकाल्न सफल भइन् । अहिले उनले जिल्ला सरकारी वकील कार्यालय, भक्तपुरमा सहायक जिल्ला न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेकी छिन् ।

भविष्यमा प्रधानन्यायाधीश बन्ने उनको लक्ष्य छ । अब यही क्षेत्रमा थप मेहनत गर्दैै जाने उनको प्रण छ । अहिले उनी कानून विषयमा नै स्नातकोत्तरपनि गर्दैछिन् । जनवोली

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय