बिहिबार , बैसाख ६, २०८१

काठमाडौ ।

नेकपा एमाले अहिले बडो जटिल मोडमा छ । वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा हुने तलवितलपछि एमाले पूर्ण रुपमा चोइटिनेछ । यो दुर्घटनाबाट जोगाउन नेताहरुले निक्कै कसरत गरिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपाल समूहका दोस्रो बरियतामा पुगिसकेका नेताहरुले पार्टीलाई जोगाउन खुबै लागि परेका छन् । ओली समूहका सुवास नेम्वाङ्ग, विष्णु पौडेल, विशाल भट्टराई र नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भूषाल र योगेश भट्टराईले निक्कै प्रयास गरे ।

हिजो दिनभर र राति अबेरसम्मपनि छलफल भयो । तर ठोस सहमति जुट्न सकेन । नेपाल र ओलीको आ–आफ्नै बटमलाईन भएका कारण सहमति नजिक पुग्न सकेका छैनन् । तर पछिल्ला छलफलबाट माधबकुमार नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भूषाल र योगेश भट्टराई र उनीहरु पक्षधर सांसदहरु भने ओलीसँग नजिकिएका छन् ।

नेपाल र ओलीबीच सहमति नभएको खण्डमा एमाले र चुनाव चिन्ह सूर्यकै कारण उनीहरु ओली समूहमा गाभिने संकेत देखाएका छन् । यसैले ओलीले वान टु वान भेटवार्ता गरिरहेका छन् । हिजो राति अवेरसम्म उनीहरुसँग ओलीको भेटवार्ता भएको छ ।

शुक्रबार नेता गोकर्ण विष्टसँग ओलीले छुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । ‘उहाँहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो ।

अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । भूसाल र भट्टराईसँग राति कुरा गरेका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका  हुन् ।

विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेका थिए । उनीहरु ओली समूहमा आउने लगभग पक्का जस्तो भएको छ । स्रोतले भन्यो उहाँहरु भरसक पार्टी एउटै ढिक्का होस् भन्नेमा हुनुहुन्छ ।

केही लेयर आएन भनेपनि एमालेमा नै रहेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने उहाँहरुको बचन छ । २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका थिए ।

जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय