
काठमाडौं ।
नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फ्त बरिष्ठ नेता नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताउनु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।’
त्यस्तै, उहाँले सुदृढ र एकताबद्ध एमालेका लागि आफूहरुले वार्ता र लचकता दुवै अपनाउने तर, हालसम्म कुनै पनि सहमति नभएको पनि बताउनुभएको छ । उहाँले २०७७ फागुन २८ गते र त्यसपछि बसेको कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने बताउनुभएको छ ।
साथै, उहाँले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन भएको पनि बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’
त्यस्तै, उहाँले यसबारे कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वान पनि गर्नुभएको छ । न्यूज २४