शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा नेकपा एमालेभित्र छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी बैठकमा नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फिर्ता गर्नेबारे छलफल भएको हो । तर कारवाही फिर्ताको निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले चार नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए ।

‘एमालेलाई एक ढिक्का बनाएर लैजाने बारेमा बिहीबारको बैठकमा छलफल भयो । रिस, राग र द्वेषका आधारमा नभइ विगतका तितामीठा कुरा बिर्सेर सहमतिमा आउनुपर्छ भन्नेमा प्राय सवै नेता एकमत हुनुहुन्छ,’ ओली पक्षीय एक नेताले रातोपाटीसँग भने, ‘सम्भवत यसबारे माधव कमरेडसँग अध्यक्षले चाँडै छलफल गरेपछि निर्णय हुन्छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली कारवाही फिर्ता गर्न लचक भएपनि फागुन २८ का सबै निर्णयबाट पछि हट्न भने चाहेका छैनन् । माधव पक्ष फागुन २३ पछि ओलीले एकपक्षीय गरेका सबै निर्णय रद्द गर्नुपर्ने पक्षमा छ ।

अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरुलाई राखेर २८ फागुनमा विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेका थिए । त्यसलगत्तै नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशव्यापी समानान्तर संगठन विस्तार गर्दै आएको छ ।

यसैबीच नेकपा एमालेमा देखिएको अन्तरविरोध मिलाउन र पार्टी एकता जोगाउन एमालेका ओली पक्षीय नेता र माधव पक्षका नेताबीच बिहीबार पनि छलफल भएको छ । ओलीका तर्फबाट नेता विष्णु पौडेल र माधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच होटल मेरियटमा छलफल भएको हो ।

उनीहरुबीच फागुन २८ को निर्णयबारे छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिए । ‘छलफल जारी नै छ । आज हामीले हाम्रो कुरा राख्यौँ विष्णु पौडेलजीले अध्यक्षलाई हाम्रा कुरा सुनाउँछु भन्नुभएको छ । उहाँ आफैले जवाफ दिने कुरा पनि भएन, त्यसैले उताबाट कस्तो प्रतिक्रिया आउँछ आउदैन, त्यसले बाँकी कुराको निर्धारण गर्छ,’ विष्टको भनाइ छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय