सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजनको डिलबाट जोगिएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ ।

महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन् । महतो, भण्डारी र यादवले महन्थको साथ छाडेपछि उनीसँग अब ४/५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन् ।

अब ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ भने जसपालाई विभाजन गराउने ओलीको योजना पनि अब साकार नहुने नेताहरुको भनाइ छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सघन सम्वाद अगाडि बढाएका थिए ।

उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो । तर, रेसम चौधरीलाई भने सरकारले अहिलेसम्म रिहा गरेन । साथै लुम्बिनी प्रकरणपछि जसपाका नेताहरु ओलीसँग थप बिच्किए । अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने जसपाका नेता डम्बर खतिवडाले बताएका छन् ।

खतिवडाले ट्विटरमा लेखेका छन्,‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी–एकता जोगिने, यसबीचका सबै अफवाह गलत सावित हुने, जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल । हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित ।’

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय