बिहिबार , चैत्र १५, २०८०

ललितपुरमा अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको छ। महानगरीय  परिसर ललितपुरले बिहीबार विभिन्न ठाउँमा राखिएका अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको हो।

बिहीबार मात्रै एक सय पाँच वटा अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको  प्रज्वल मर्हजनले जानकारी दिए।

कोरोना भाइरसको दोस्रो लहर आएसँगै संक्रमित हुनेको संख्या बढेको छ। संक्रमणबाट अस्पताल भर्ना हुने बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू जम्मा गर्न भनेको थियो।

त्यसैअनुसार खटिएको टोलीले अक्सिजन सिलिन्डरहरू जम्मा गरी ललितपुर जिल्लामा रहेका चार वटा अस्पताललाई  बुझाएको हो।

परिसरका अनुसार ५० वटा सिलिन्डर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, ३० वटा किस्ट मेडिकल कलेज, इमाडोल, १० वटा बज्रबाराही अस्पताल, चापागाउँ र १५ वटा अल्का अस्पताल, जावलाखेलमा बुझाइएको हो।

‘कवाडी पसल, फलामको ग्रीलहरू, मूर्ति बनाउनेहरूले फलामको लागि प्रयोग गर्ने रहेछन्,’  ‘नबिग्रिएकै सिलिन्डरहरू हुन्। त्यहाँबाट हामीले अनुरोध गरेर संकलन गरेका छौं। अहिले ती सिलिन्डरहरू मार्किङ गरेर बुझाएका छौं।’ बिहीबार ललितपुरको डिसिसिएमसीको बैठकले तत्कालै आवश्यक रहेका अक्सिजन सिलिन्डरहरू अस्पतालमा बुझाउने निर्णय गरेको थियो।

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रज्वल महर्जन, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, घरेलु तथा साना उद्योग विभाग समेतको टोलीले प्लान्टहरूको निरी’क्षण गरेका थिए। प्लान्टहरूको अवस्था, समस्या र सुधार गर्नुपर्ने क्षेत्र र अपेक्षाको बारेमा समेत अनुगमन गरिएको थियो।  सेतोपाटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय