बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ, २४ बैशाख ।

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार मध्यरातिसम्म छलफल गरेकी छन् ।निर्णायक भनिएको छलफल राति १२ बजेसम्म चलेको थियो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि मिसिएको एमाले स्रोतले जनाएको छ ।

दुवै नेताबीच राष्ट्रपतिको उपस्थितिमा ‘भद्र सहमति’ भएको बताइए पनि त्यसबारे नेताहरुले केही बताएका छैनन् ।नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतले जनाएको छ । राष्ट्रपतिले ओली र नेपालसँग विहीवार अलग अलग छलफल समेत गरेकी थिइन् ।

एमालेका एक नेताले भने, ‘मध्यरातिसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले प्रधानमन्त्री आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवतः केही नयाँ सन्देश आउन सक्ने बताए ।

यो पनि

ओलीसँग अहिलेसम्म कुनै सहमति भएको छैनः माधव नेपाल

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका छन्। तर अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ।

पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्। यसैतर्फ संकेत गर्दै नेता नेपालले शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको बताएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’ उनले सहमतिका लागि केही अडानसमेत दोहोर्‍याएका छन्।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ नेता नेपालले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ताको तयारी भइरहेका खबरबीच नेपालले उक्त कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका हुन्।  रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय