शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, २४ वैशाख ।

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका छन्। तर अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ।

पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्। यसैतर्फ संकेत गर्दै नेता नेपालले शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको बताएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

उनले सहमतिका लागि केही अडानसमेत दोहोर्‍याएका छन्।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ नेता नेपालले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ताको तयारी भइरहेका खबरबीच नेपालले उक्त कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका हुन्।  रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय