शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

सत्तारुढ नेकपा एमालेको माधव नेपाल(झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ। बुधवार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि सञ्चारर्मीलाई छोटो प्रतिक्रिया दिँदै उक्त समूहका प्रभावशाली नेता एवम् प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले यस्तो बताएका हुन्।

पार्टीभित्रको विवाद पार्टीभित्रै समाधानको प्रयास गर्ने भन्दै उनले वैशाख २७ गते ओलीलाई विश्वासको मत दिन आफूहरु तयार रहेको बताए।
‘अरुको के धारणा छ, के दृष्टिकोण छ उनीहरुले बताइहाल्नेछन्, तर हाम्रोचैं सबैजनाले विश्वासको मत प्रदान गर्ने नै हाम्रो पार्टीकोे कुुरा हुुन्छ तपाईंहरु ढुक्क भए हुन्छ,’ सांसद पाण्डेले भने।

त्योभन्दाअघि नै सामूहिक राजीनामा दिने कुरा आइरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा पाण्डेले विश्वासको मत दिने भनिसकेपछि त्यसको जवाफ दिइरहनु नपर्ने तर्क गरे।‘मैले भनेको कुरापछि त्यसको उत्तर चाहिन्छ ररु,’प्रतिप्रश्न गर्दै पाण्डेले भने,‘विश्वासको मत दिन्छौं भनेपछि, राजीनामा दिएपछि विश्वासको मत दिन जान मिल्छ ररुतपाईंको प्रश्नभन्दा अगाडि मैले उत्तर दिइसकेँ, हामी सबैले विश्वासको मत हाल्छौं।’

ओलीसँगको लडाइँ र विमति पार्टीभित्रको विषय रहेको बताएका उनले त्यसलाई समाधान गर्न भने संघर्ष जारी राख्ने बताए । ‘फागुन २८ को निर्णय फिर्ता लिनुपर्छ भन्ने हाम्रो अडान यथावत छ, पार्टीभित्रको कुुरा हो । हाम्रो अन्तरसंघर्ष जारी छ,’ उनले भने ।

पार्टीमा लामो समय योगदान गरेका र पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरु आफूहरुसँग रहेको समेत उनले बताए ।

‘राजनीतिमा कसैले पनि आ(आफ्नो किसिमको हिस्ट्री र योगदानबाट नेताहरु यहाँ आइपुग्नु भएको छ, पार्टी निमार्णमा सबै व्यक्तिको उत्तिकै भूमिका छ, अझ भन्ने हो भने, कतिपय अवस्थामा बढी भूमिका खेलेका नेताहरु पनि यहीँ हुनुहुन्छ,’पाण्डेले भने,‘त्यसहिसावमा पार्टीभित्रको आन्तरिक मामिलामा भएका मतभेद र संघर्ष त जारी नै छ, र त्यो जारी हो।’

सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको अवस्थामा पुगेका बेला, धेरैले वैशाख २७ लाई ‘कट अफ डेट’ हुने भनिरहेका छन्। कुनै पनि हालतमा ओलीलाई हराउन लागिपरेको यो समूहले ओलीले कारबाही गर्नु अगावै सामूहिक राजीनामा दिएर विपक्षीलाई सहज बनाउने बताइरहेका बेला सांसद पाण्डेले भने राजीनामा नदिने बताएका हुन्। दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय