काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पेटको ट्युमरको शल्यक्रियापछि अस्पतालमै स्वास्थ्यलाभ गरेर बसेका छन् । अस्पतालको बेडबाटै डा. भट्टराईले यसअघि पनि आफ्नो शल्यक्रियालगायत उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई बधाई दिईसकेका छन् । आज भने उनले नर्सहरुसँगको फोटो राख्दै उनीहरुको कामको प्रशंसा गरेका छन् । र, सरकारले दिनुपर्ने सेवा सुविधाको बारेमा पनि बोलेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन-

हाम्रा दोश्री आमा यी नर्सहरू !

स्कूलमा फ्लोरेन्स नाइटिंगेलको जीवनी “Lady With The Lamp”पढेर नर्सहरूको पेशागत महानताबारे पहिलो पाठ बुझिएको हो! पछि जीवनमा पटक पटक हस्पिटलमा उनीहरूको महत्वपूर्ण भूमिकाबारे प्रत्यक्ष भेगिएको पनि हो।

तर यस पटक वीर हस्पिटलमा ( खास गरी अपरेसन पश्चातका पाॅच दिन ICU मा ) बस्दा नर्सहरू हाम्रा जन्मजननी आमाकै नयाॅ अवतार भएको अन्तरहृदयैदेखि अनुभूति भयो!

कहिल्यै नचिनेका,कुनै नातासाइनो नभएका रोगी/अशक्त/अचेत मानिसहरूको दिसापिसाब सोहोर्ने, प्रदुषित शरीर सफा गर्ने,डाइपर समेत लगाइदिने,रातदिन झर्को नमानी विरामीहरूको स्याहार गर्ने काम अरू कसले गर्नसक्छ?

अनि उल्टै उनीहरूलाई नै ‘..छोरी बिग्रे नर्स..’ भनेर हेप्ने? १२/१३ बर्षसम्म करारमा काम लगाउने? न्यूनतम वेतन दिन समेत आनाकानी गर्ने? प्रोत्साहन भत्ता रोकेर राख्ने?…. यस्ता साक्षात ‘देवी’हरू,हाम्रा दोश्री आमाहरूलाई हार्दिक नमन !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय