बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २३ बैशाख ।

नेकपा (एमाले) का नेता तथा सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे अझै पनि आफूहरुले निर्णय गरिनसकेको स्पष्ट पारेका छन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैशाख २७ गतेभन्दा अघि नै एउटा निश्कर्षमा पुग्ने विश्वास दिलाए । उनले आफूहरु देशको लागि जीवन नै बलिदान गर्न हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कस्तो कारबाही गर्ने भन्नेबारे कुनै चिन्ता नभएको जिकिर गरे ।

उनले प्रधानमन्त्री ओलीले नियमित अधिवेशनमार्फत विश्वासको मत लिनुपर्ने थियो भन्ने धारणा राखे । उनले केपी ओलीका कुनै धाक र धम्कीबाट आफूहरु नडराउने र त्रसित नहुने पनि बताए ।

यो पनि

देउवा भेटेलगत्तै माधव नेपालले राष्ट्रपतिलाई भेटे

काठमाडौं, २३ बैशाख ।नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेता नेपाल सिधै शितलनिवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।

नेता नेपाल पक्षले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रणनीति बनाएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकता नचाहेको भन्दै नेपाल पक्ष रुष्ट बन्दै आएको छ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग अलग पार्टी बनेका छन् । तर, एमालेमा भने समस्या उत्पन्न भएको छ । माधव नेपाल पक्षले अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेमा नै फर्काउनुपर्ने अडान लिएको छ ।

फागुन २८ गतेपछि भएका सबै निर्णय खारेजीको माग गरेको छ । प्रधानमन्त्री ओली भने अब धेरै अघि बढिसकेको हुनाले पछि फर्कन नसक्ने अडानमा छन् ।

ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय