शुक्रबार , बैसाख ७, २०८१

न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको मिचिगन निवासी एकजना महिलाले गल्तीवश औंलाको नङ टास्ने ग्लुलाई आईड्रप सम्झेर आँखामा लगाउन पुग्दा झन्डै दृश्यशक्ति नै गुमाउन लागेको सञ्चार माध्यमले जनाएको छ ।

‘युड्राह विलियम्स’ नामक ती महिला घटनाबारे डेट्रोइटको डब्ल्युएक्स्वाइजेड टेलिभिजनलाई यस्तो बताउँछिन्– ‘म त्यो रात कन्टाक्ट लेन्स नै लगाएर सुतेकी थिएँ । अचानक राति एक बजेतिर निंद्रा खुल्यो । आँखा निकै सुक्खा महशुस हुन थालेकाले मैले आँखाबाट लेन्स निकाल्ने विचार गरें ।

मैले पर्सभित्र हात छिराएर छामछुम गरें । मैले आईड्रपकै आकारको सानो सेतो बोटल निकालेर आँखामा ड्रप राखें । त्यो त मेरो भाँचिएको नङ जोड्ने ग्लु राखएको एकै आकारको बोटल पो परेछ ।

त्यतिबेला छेउमै मेरो पति सुतिरहेका थिए । मैले आफ्नो ठूलो गल्ती महशुस हुनासाथ आँखामा परेको ग्लु पुछ्न खोजें ।

त्यसले मेरो आँखा बन्द गरिसकेको थियो । मैले आँखामा चिसो पानी छ्याप्दै आँखा खोलने प्रयास गर्न थालें । तर, सकिनँ । मैले चिच्याउँदै मेरो पतिलाई प्रहरीलाई खबर गर्न भने ।’

विलियम्सलाई तत्कालै अस्पताल पुर्‍याइयो । डाक्टरहरू तिनको आँखा खोलेर कन्टाक्ट लेन्स निकाल्न सफल भए । साथै डाक्टरहरूले सन लेन्सकै कारण उनको दृश्य शक्ति भाग्यले जोगिएको हुनुपर्ने बताए ।

तर, उपचारको क्रममा डाक्टरहरूले भने जस्तै उनले आँखीभौँभने गुमाउनुपरेको थियो । बिउमोनट हेल्थका डाक्टर जर्ज विलियम्सले आँखामा केही पर्दा सफा पानीले धोेएको खण्डमा दृश्य शक्ति जोगाउन मद्दत पुग्ने बताउँछन् ।
न्यूज अफ नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय