बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २३ बैशाख ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् । देउवानिकट स्रोतकाअनुसार उनीहरुबीचको भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि दलका नेताहरुको सक्रियता बढेको छ ।

प्रधानन्त्री ओलीले जसपाको साथ लिएर विश्वासको मत लिने तयारी गरेका छन् तर, एमलोभित्र माधव नेपाल पक्षले भने भोट हाल्ने वा नहाल्ने भन्नेबारे कुनै निधो गरेको छैन् ।

पार्टी एकता कायम राख्नको लागि ओली २०७५ जेठ २ गतेमा फर्किनुपर्ने माधव पक्षको अडान छ । तर, ओलीले भे अब त्यो सम्भव नरहेको जवाफ दिँदै आएका छन् । एमालेको संसदमा १२१ संख्या छ । यसमा माधव नेपाल पक्षधरसँग कम्तिमा पनि ३० सांसद रहेको बुझिएको छ।

प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टीबाट जसरी पनि हटाउने रणनीति बनाएको भन्दै माधव नेपाल पक्षधर सांसदहरुले बैशाख २७ गते भन्दा अघि नै राजीनामा दिने तयारी गरेका छन् । माधव पक्षले राजीनामा दिँदा विपक्षी गठबन्धनलाई सरकार बनाउनको लागि संख्या पुग्ने आँकलन गरिएको छ ।

यही सन्दर्भमा नेता नेपाल देउवासँग भेट्न गएको बुझिएको छ । हिजोमात्रै, ओलीले कांग्रेस नेताहरुलाई देउवा निवासमै सामूहिक रुपमा भेटेका थिए । उनले आफूलाई विश्वासको मत दिन र सहकार्य गर्न प्रस्ताव गरेका थिए । तर, जवाफमा देउवाले आफ्नो पार्टीले मत नदिने बताएका थिए । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय