बुधबार , बैसाख १२, २०८१

काठमाडौं, २३ बैशाख ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउनेबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि दलका नेताहरुको सक्रियता बढेको छ ।

हिजोमात्रै, प्रधानमन्त्री ओलीले देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिन कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । तर, देउवाले कुनैपनि हालतमा आफूहरु विश्वासको मत दिने पक्षमा नरहेको जवाफ दिएका थिए ।

त्यसको भोलिपल्ट आज माधव नेपालले देउवालाई भेटेका हुन् ।

एमालेभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । नेपाल पक्षसँग ३० जनाभन्दा बढि सांसद रहेको दाबी गरिएको छ ।

यस्तो अवस्थामा नेपाल पक्षले बैशाख २७ गतेभन्दा अघि नै सामूहिक राजीनामा दिए ओलीले विश्वासको मत पाउने सम्भावना रहँदैन् । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय