शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाण्डौ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल पार्न निर्णय गरेका छन । तर जसपा चाँहि विभाजीत देखिन्छ । त्यसैले अहिले जसपा एक भएर अघि बढ्छ कि विभाजित नै हुन्छ र सरकार ढाल्ने वा जोगाउने भन्नेमा उसको भूमिका के रहला भन्ने चासो बढेको ।

२७ वैशाखको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत प्राप्त होला या नहोला भन्नेमा विभिन्न अनुमानहरु भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरकारको विगतको सत्ता साझेदार माओवादी केन्द्रले समर्थन नगर्ने बताँईसकेका छन । प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न बाट रोक्ने कांग्रेस र माओवादी केन्द्रको रणनीति छ ।

विश्वासको मतको विषयमा जनता समाजवादी पार्टी चाँहि विभाजीत छ । जसपाको महन्थ–राजेन्द्र समुह प्रधानमन्त्री ओलीलाई सघाउने मनस्थीतीमा देखिन्छ । सरकारले आफ्ना माग सम्बोधन गरीरहेकोले प्रधानमन्त्री ओलीलाई जोगाउनुपर्ने जसपा सांसद अमृता अग्रहरीको भनाई छ । माग सम्बोधन भएको खण्डमा सघाउने आश्वासन दिएकाले केपी ओलीलाई सहयोग गर्नु जसपाको नैतिक दायित्व भएको उनी बताउँछिन् ।

जसपाको समर्थन प्राप्त भएमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न सफल हुने झिनो सम्भावना रहन्छ । तर जसपाको बाबुराम–उपेन्द्र समुह प्रधानमन्त्री केपी ओलीलाई जुनसुकै हालतमा पनि विस्थापित गनुपर्ने भनिरहेको छ । प्रधानमन्त्री असंवैधानीक एंवम अलोकतान्त्रीक बाटोमा हिडेकाले विस्थापित गर्नुको विकल्प नभएको जसपा सांसद रामबाबु यादव बताँउछन् ।

संसदमा १२१ सीट रहेको सत्तारुढ एमालेका सबै सांसदले समर्थन गरेमा विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई १५ सांसद अपुग हुने देखिन्छन । जसपाको महन्थ–राजेन्द्र समुहले सहयोग गरेमा प्रधानमन्त्री ओलीसंग बहुमत पुग्न सक्छ । तर प्रधानमन्त्री ओलीले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशका कारण बनेको जसपा प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने कि विस्थापित गर्ने भन्ने मत भिन्नताले विभाजीत हुने प्रबल सम्भावना देखिन्छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय