बालुवाटार बैठकपछि ओली शीतल निवासमा, बेलुका मन्‍त्रिपरिषद् : के होला संभावित कदम ?

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहको स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। स्थायी कमिटी बैठक बिहान १० बजे बोलाएका थिए। बैठक हतार हतारमा सकाएर उनी राष्ट्रपतिकहाँ पुगेका हुन्। राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रम र संभावित कदमबारे परामर्श गर्ने बुझिएको छ।

संसद्‍बाट विश्‍वासको मत नपाउने लगभग निश्‍चित भएकोले ओलीले फेरि अर्को कदम चाल्‍ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ। वैशाख २७ बाट उम्किने उपाय र संभावित कदमबारे उनले राष्ट्रपति सल्लाह लिन शितलनिवास पुगेको बताइएको छ।बिहीबार बेलुका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठकमा उनले कांग्रेससँगको बुधबारको भेटलगायतका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउने भएको छ।प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै यो गठबन्धनले राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको हो।

बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन्। उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

annapurna post

२०७८ बैशाख २३, बिहीबार १३:२० गते 1 Minute 113 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार