बिहिबार , बैसाख ६, २०८१

कोरोनाभाइरस संक्रमितलाई दिइने औषधी का’लो’बजारी गरेको आरोपमा बसुन्धराबाट एक जनालाई समातेको छ।

२४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा गोरखाका रफिक मियाँलाई समातेको छ।

गोरखा आरुघाट गाउँपालिका-४ का २५ वर्षीय मियाँ काठमाडौं टोखा बस्थे।

महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।

उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ।

महाशाखाका उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फ’रा’र छन्।

रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति चाहिन्छ।

उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको पंगेनीले बताए।

‘एउटा प्याकेटमा ६ वटा सेट हुन्छ, त्यसको मूल्य २४ हजार हो,’ पंगेनीले भने, ‘त्यो औषधीलाई १ लाख २० हजार रुपैयाँ लिएर बेचिरहेको पाइयो।’

जहाँ पायो त्यहीँ नपाइने उक्त औषधी के कसरी उक्त फर्मामा पुर्‍याइयो र त्यसमा क-कसको संलग्नता छ भन्नेबारे अ’नु’स’न्धान भइरहेको महाशाखा मुद्दा शाखाका नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय