शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

राणाकालीन समयमा बनेको काठमाडौंको मध्यभागमा रहेको न्यूरोड गेटको मर्मत सम्भार सुरु गरिएको छ । ‘सुन्दर काठमाडौं अभियान’ अन्तर्गत काठमाडौं महानगरपाालिकाले न्यूरोड गेटको मर्मत सम्भार सुरु गरेको हो ।

न्यूरोड गेट मर्मत सम्भारका लागि आरडीआर निर्माण सेवासँग ३९ लाख ९० हजार रुपैयामा सम्झौता भएको थियो । गेट मर्मतको काम कार्तिक मसान्तसम्म गरिसक्ने महानगरले जनाएको छ ।

न्यूरोड गेटको झिंगटा (छाना) र काठले बनेको छाना भत्किएको थियो । उक्त गेटको समय समयमा जीर्णोद्धार गरिदै आएको थियो ।  अन्य संरचना मर्मत सम्भारको काम भए पनि न्यूरोड गेटको काम भने थालिएको थिएन ।

महानगरले न्यूरोड गेटको झिंगटा भत्काएर नयाँ बनाउने र पुरानो गेटलाई नभत्काएर ममर्त गर्ने गरी डिजाइन तयार पारेको हो । गेटमा देवीदेवताका १२ वटा मूर्ति छन् । ती मुर्तिको स्वरुप परिवर्तन नहुनेगरी मर्मत हुने महानगरले जनाएको छ ।

राणाकानीन समयमा बनेको उक्त गेट इँटा, टायल र काठको झिंगटीले बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय