बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ पछि संसद विघटन गरेर देशलाई राजनीतिक अस्थितरतातर्फ लैजान खोजेको दाबी गरेका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग पुनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने र त्यसलगत्तै संसद विघटन गरेर देशलाई असंवैधानिक बाटोमा लैजाने योजनामा रहेको बताए ।

गत वैशाखमा पनि कोरोनाको लकडाउनका बेलामा राजनीतिक दल फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै पुनले ओलीले अहिले पनि देशलाई राजनीतिक अस्थिरतातिर लान खोजेको आरोप लगाए ।

त्यस्तै, नेता पुनले एमालेभित्रै माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने पनि बताए ।

त्यस्तो अवस्थामा विश्वासको मतमा ओली असफल हुने र त्यसपछि आउने शून्यताको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहितका दलले विकल्पको खोजी गर्ने बताए ।

प्रधानमन्त्री ओलीको राजनीतिक नियतमा नै प्रश्न रहेको भन्दै पुनले कोरोना रोकथाममा काम गर्न नसकेपछि विषयान्तर गर्न विश्वासको मत लिन लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय