शुक्रबार , चैत्र १६, २०८०

काठमाडौ ।

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा वि’श्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकले विश्वासको मत प्राप्त गर्नेगरी सबै दलसँग सहकार्य गर्ने निर्णय भएको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा वि’श्वासको मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्प’मतमा पर्नुभएको छ ।

स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ । एमालेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारबारे भने निर्णय गरिसकेको छैन ।

अध्यक्ष समेत रहनुभएका ओलीले स्थायी कमिटीमा एकपक्षीय ढंगमा आफू निकटलाई मात्र ल्याउनुभएको छ । उहाँहरुले गरेको निर्णयमा बरि’ष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल समूहले साथ दिन्छ या दिँदैन अहिले नै भन्न सकिएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय