काठमाडौं, वैशाख २३ गते ।

जनस्वास्थ्य विज्ञले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन वा निषेधाज्ञा गलत नभएको बताउनुभएको छ ।
जनस्वास्थ्य विज्ञ डा.समीरमणि दीक्षितले लकडाउन वा निषेधाज्ञाा आफैँमा गलत नभएको बताउनुभएको हो । उहाँले निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण नियन्त्रणमा आएको र यो तथ्यलाई हामीले नकार्न नसकिने बताउनभयो ।

गोरखापत्र अनलाइनसँगको कुराकानीमा उहाँले निषेधाज्ञा कसरी गर्ने, टाइमलाइन कस्तो हुनुपर्ने र एक पटक निषेधाज्ञाको नोटिस जारी गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा सोच्नुपर्ने बताउनुहुन्छ ।

‘अहिलेको अवस्था अप्ठ्यारो नै छ, धेरै मानिसको मृ’त्यु भएको हुनाले सङ्क्रमण नियन्त्रण बाहिर जाने शङ्का र ड’र देखिएको हुनाले सरकारले लगाएको निषेधाज्ञालाई गलत भन्न मिल्दैन । तरिका फरक हुन सक्छ , तर गलत होइन,’ उहाँले कुराकानीमा भन्नुभयो ।

लकडाउन हुनु अगाडि १५ सय दुई हजार सङ्क्रमित थपिन्थ्यो भने अहिले सात हजारभन्दा बढी सङ्क्रमित थपिँदै छन्, यसको मुख्य कारण के हो ? भन्ने प्रश्नमा उहाँले सङ्क्रमणलाई हामीले कसरी हेर्नुपर्छ भने, यो एक–दुई दिनमा नियन्त्रण हुने कुरा होइन् । यसमा एक–दुई महिनाको कुरा हुन्छ । तपाईंले आज नियन्त्रणको बाटो शुरु गर्नुभयो भने कम्तीमा पनि एक महिनापछि मात्र यसको नतिजा वा प्रतिफल हेर्न पाइने बताउनुभयो ।

‘निषेधाज्ञा शुरु भएको एक हप्ता भयो । जब उठ्ने क्रममा हामीले निषेधाज्ञा गर्छौ, त्यो उठ्ने क्रम वा सङ्क्रमण हुने क्रम तत्कालै रोकिँदैन । यसका लागि कम्तीमा पनि चार हप्ता लाग्छ,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा हामीले यसको नतिजा एक–दुई दिनमा खोज्नुहुँदैन । अहिलेको हिसाबमा कम्तीमा पनि चार हप्ता हेर्नैपर्ने हुन्छ, यसको फाइदा के बेफाइदा के भनेर ।’

त्यसो त पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाएका व्यक्ति पनि कोरोनाको नयाँ भेरियन्टबाट सङ्क्रमित हुनुभएको छ । यसको मतलब कोरोना खोप प्रभावकारी हुन नसकेको हो ? भनने जिज्ञासामा उहाँले सबैभन्दा पहिला खोप लगाएको कति समय भयो र त्यसमध्ये कति जना सङ्क्रमित हुुनुभयो र उहाँलाई के समस्या देखियो त्यो हेर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय