शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने आकलन गरिएकाले त्यसलाई अगाडि नै अ’वि’श्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘अविश्वासको प्रस्ताव र एमाले सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’ अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ ।

नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ । ‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन,’ जसपाका एक नेताले भने ।

यसअघि कांग्रेस सभापति देउवाको जोड चुनावमै जानुपर्छ भन्ने भए पनि लुम्बिनी प्रदेशको प्रकरणपछि उनी हच्किएको र कम्तीमा ओलीको नेतृत्वमा चुनावमा जानु हुन्न भन्ने निष्कर्षमा पुगेका छन् । त्यसपछि नै उनले गठबन्धन सरकारबारे रुचि देखाएका हुन् । ‘यही सहमतिलाई सत्ता सहकार्यसम्म लैजाने गरी सहमति जुटाएर नेताहरू उठेका हुन्,’ स्रोतले भन्यो, ‘फाइनल कुरा हुन बाँकी छ, शुक्रबारसम्म सबै टुंगो लाग्छ ।’

कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष बुधबार राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका नेपाल पक्षीय उम्मेदवार देवकोटालाई सघाउन तयार भएका हुन् । यसअघि कांग्रेसले सहमति जनाएपछि बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर नेपालले आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । त्यसपछि दाहाल र जसपा अध्यक्ष यादवबीच भएको भेटमा पनि देवकोटालाई उम्मेदवार बनाउने विषयमा सहमति जुटेको हो । ‘माधव कमरेडले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्यलाई सहज रूपमा लिनुभएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘यही सहकार्यलाई पछिसम्म लैजाने उहाँको सोच छ ।’

कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय