शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

बुधबार लुम्बिनी प्रदेश सरकारका तीनजना मन्त्रीले सपथ खाइरहँदा बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि आईसियू बेड पर्खिरहेका चारजना संक्रमितले ज्या’न गु’माउनु पर्यो। प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्डमा सामान्य अक्सिजनको भरमा राखिएका बुटवलका दुईजना, तिलोत्तमा र कञ्चनका एक/एक जना संक्रमितले आईसियूमा भर्ना हुने पालो पर्खेका थिए।

संक्रमण पुष्टि भइ स्वास्थ्यमा समस्या देखिएपछि परिवारले बुटवल, भैरहवामा मात्रै होइन चितवन र काठमाडौंका अस्पतालमा समेत बेडका लागि हारगुहार गरे। आफन्त नातागोता मार्फत भनसुन समेत लगाए। स्थानीय सरकारलाई गुहारे तर केही लागेन। अन्तत् प्रादेशिक अस्पतालकै ईमर्जेन्सीमा सामान्य अक्सिजनका भरमा छटपटाउँदा छटपटाउँदै ती संक्रमितको बुधबार बिहान मृ’त्यु भयो।

सुद्धोधनका अर्का एक जना संक्रमितलाइ पनि बुटवल भैरहवाका अस्पतालमा बेड नपाएपछि फर्काएर आइसोलेसनमा राखियो। उपचार अभावमा छटपटाउँदा छटपटाउँदै उनको पनि बुधबार म’त्यु भयो। रूपन्देहीमा मात्रै बुधबार १३ जना संक्रमतिको मृ’त्यु भयो। प्रदेशमा हालसम्म मृ’त्यु हुनेको संख्या ६६० नाघेको छ। संक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ। बुधबार मात्रै करिब एक हजार संक्रमित थपिएका छन्। तीमध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै  गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नां’गो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्या’न गुमा’इरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।

वैशाख १९ गते हरि रिजाललाई दिइएको सामाजिक विकास मन्त्रालय अन्तर्गतकै स्वास्थ्य मन्त्रालयलाई भागबन्डा मिलाउन मंगलबार टुक्र्याएर भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइयो। दिन बिराएर मन्त्री फेरिँदा प्रदेशको स्वास्थ्य अवस्था र योजनाका सम्बन्धमा छलफल समेत हुन नपाएको स्वास्थ्य निर्देशनालयका एक उच्च अधिकारीले बताए।

प्रदेशका १२ वटै जिल्लामा कोरोना संंक्रमितको संख्या दिनहुँ बढीरहेको छ। रूपन्देही र बाँकेमा त यसले भयावह रूपनै लिएको छ। तर कोरोना संक्रमण पुष्टि भएर जटिल स्वास्थ्य समस्या देखिएका बिरामीहरूले सामान्य अक्सिजन समेत पाएका छैनन्। यसको व्यवस्थापनमा मुख्यमन्त्री र प्रदेश सरकारले कुनै चासो दिएको देखिँदैन। उपचारको अभावमा बिरामीको सडकमै  हुँदा समेत पोखरेल नेतृत्वको प्रदेश सरकार भने रमिते बनेको छ। कोभिड–१९ विरुद्ध लड्न सबै शक्ति लगाउनु पर्ने यस्तो अवस्थामा मुख्यमन्त्री पोखरेलले आफ्नो अल्पमतको कुर्सी जोगाउन मन्त्रालय फुटाएर सांसदको व्यवस्थापनमा लागेको राजनीतिक विश्लेषक डा. बुद्धबहादुर थापा बताउँछन्।

मुख्यमन्त्रीले आफ्नै पार्टीका सांसद व्यवस्थापनका लागि ४ दिनमा ६ वटा मन्त्रालय फुटाएर १० वटा बनाएका छन्। तर कोभिड–१९ विरुद्ध ल’ड्न एक वर्षको अवधिमा न पूवार्धार विस्तार गरे न जनशक्ति व्यवस्थापन। जसका कारण कोरोनाको दोस्रो लहरले भया’ह रूप लिँदा समेत प्रदेशको स्वास्थ्य पूर्वाधार र जनशक्तिको अवस्था एक वर्ष अघि जे थियो अहिले पनि त्यसैमा सञ्चालन भइरहेको छ। बुटवल, भैरहवा, दाङ र बाँकेमा सञ्चालित कोभिड अस्पतालहरू भरिभराउ छन्। ती अस्पतामा बेडसँगै स्वास्थ्यकर्मी र उपकरणको चरम अभाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय