शनिबार , बैसाख ८, २०८१

काठमाडौं, बैशाख २३ ।

ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य अगाडि बढेको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने औपचारिक निर्णय गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा खनाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव समूहसँगको भेटघाटलाई तीव्रता दिएको छ । उपेन्द्र यादव नेतृत्वको समूहले देउवालाई समर्थन गर्ने बताए पनि एमालेका नेता नेपाल समूहले समर्थन गर्ने कि नगर्ने भन्ने विषयको टुंगो लाग्न सकेको छैन ।

सभापति देउवा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नेपाल समूहको समर्थनको प्रतीक्षामा रहेका छन् । नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने विषयमा छलफल गरिरहेको छ । तर, औपचारिकरूपमा निर्णय भने लिइसकेको छैन ।

माओवादी केन्द्रले बुधबार ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक पत्र संसद् सचिवालयमा दिएको छ ।प्रधानमन्त्री ओलीको वैशाख २७ गते विश्वासको मत लिने कोशिस असफल भएको अवस्थामा संसद्मा रहेका दलले बहुमत रहेको दाबीसहित नयाँ सरकार गठनको गृहकार्य अगाडि बढ्नेछ ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदले विश्वासको मत दिएको अवस्थामा जसपाको महन्त ठाकुर र राजेन्द्र महतो नेतृत्वको समूहले समर्थन गरे सहजै बहुमत पुग्ने आँकलन गरेका थिए। एमालेको १ सय २१ र जसपाको महन्त समूहको १६ गर्दा सांसदको संख्या १ सय ३७ पुग्ने अवस्था रहेको छ । तर, नेपाल समूहले संसद् बैठकअघि नै राजीनामा दिएको अवस्थामा विश्वासको मत लिन ओलीसँग पर्याप्त सांसद नहुने निश्चित भएको छ ।

वैशाख २७ गते जसपाले मत नदिँएपछि प्रधानमन्त्रीले विश्वासको गुमाउने भएकाले प्रधानमन्त्री ओली पुनः संसद् विघटन गरेर निर्वाचन गर्ने योजनामा रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय