शुक्रबार , बैसाख ७, २०८१

काठमाण्डौ ।

बुधबार प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गरेसँगै ओली संकटमा परेको स्पष्ट भएको छ । प्रधानमन्त्रीको हैसियसतमा सम्भवन पहिलोपटक देउवा निवास पुग्नुभएका ओलीले सके जति आश्वासन कांग्रेसलाई दिएका थिए । तर कांग्रेसले ओलीले गरेका गल्तीहरु स्मरण गराउँदै आग्रहलाई अस्वीकार गर्यो ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न आज उनकै निवास निवास बूढानीलकण्ठ गएका थिए । त्यसक्रममा ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका थिए । तर कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका हुन् । प्रधानमन्त्रीले चरणबद्ध रुपमा गलत कामहरु गर्दै आएकाले विश्वासमा मत दिन नसक्ने स्प्ष्ट पारेको भेटमा सहभागि कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन, लुम्बिनी प्रदेशमा अल्पमतमा परेका नेतालाई मूख्यमन्त्रीमा सपथ खुवाएकोलगायतका विषयमा कांग्रेसले आपत्ति जनाएको हो । त्यसैगरी सरकारले मंगलबार र बुधबार ल्याएको अध्यादेशको पनि प्रधानमन्त्रीसमक्ष कडा विरोध गरेको थियो । त्यस्तै कोरोनाविरुद्धको खोप आयातदेखि अन्य भ्रष्टाचार हुन सक्ने विभिन्न विषयमा प्रश्न उठाएको महतले जानकारी दिए । त्यस्तै कोरोना संक्रमण नियन्त्रण तथा खोप अभियानमा पनि सरकार असफल भएको आरोप कांग्रेसले लगाएको छ ।

भेटवार्तामा ओलीले एमाले र कांग्रेस मिलेर अघि बढ्न सके निष्पक्ष चुनाव गराउने आश्वासन दिएकाभ थिए । त्यसैगरी सत्ता साझेदारीका लागि पनि ओलीले प्रस्ताव राखेको भेटमा सहभागि वरिष्ठ नेता पौडेलले जानकारी दिए । ओलीले निष्पक्ष निर्वाचन गराउने आश्वासन दिदै चुनावपछि कांग्रेस पहिलो र आफू नेतृत्वको एमाले दोस्रो पार्टी बन्ने तर्क गरेका थिए ।

कांग्रेस र एमाले लोकतन्त्रका लागि संगै लडेको पार्टी भएकाले फेरी पनि मिलेर जानुपर्नेमा ओलीले जोड दिए पनि आफूहरुले अस्वीकार गरेको पौडेलले बताए । संवैधानिक परिषदको अपमान गरेको र अदालतले संसद विघटन गरेपछि पनि नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै कांग्रेस नेताहरुले ओलीकै आलोचना गरेको पौडेलले बताए ।

प्रधानमन्त्री भएपछि पहिलोपटक ओली देउवा निवास गएका थिए । काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी थिए । ओलीको प्रस्ताव सुनेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास जानुभएको हो ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय