बिहिबार , चैत्र १५, २०८०

धनगढी

अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेका बेला एक औषधि व्यवसायीको गोदाममा भने भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ। धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छा’पा मारेको हो।

‘नजिकै निजी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा उनको गोदाममा छा’पा हानेका हौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने। जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत यादव भण्डारी, वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि अनुगमनमा गएका थिए।

अमित मेडिसिनका सञ्चालक दुश्यन्त बस्नेतले कुनै पनि कागजात पेस नगरेको वाणिज्य कार्यालय प्रमुख पुनले बताए। ‘बिक्री गरेको बिल छैन। हिजोसम्म ६ सय ५० सिलिन्डर लुकाएको गुनासो आएको थियो। बिहान छापा हान्दा ६१ मात्रै फेला परेका छन्’, पुनले भने, ‘कागजात हेर्दा बिक्री गरेको, चलान गरेको कुनै पनि रेकर्ड भेटिएन।’ अनुगमन टोलीले साउनयता सिलिन्डर किनेको, बिक्रि गरेको विल, चलानसहितका काजगात तिन दिनभीत्र पेश गर्न बन्नेतलाई निर्देशन गरेको छ।

बस्नेतले डल्केबर ग्यास उद्योगबाट केही दिनयता २ सय ५० सिलिन्डर किनेको स्वीकार गरेका छन। उनले २५ हजारका दरले किनिएका अक्सिजन भरिएका सिलिन्डर बजारमा ४० हजारमा बिक्री गरिरहेको खुलेको छ। डडेलधुराको अमरगढी नगरपालिकालाई उनले ४० हजारमा सिलिन्डर जति पनि किन्न सकिने बताएको स्रोतले बतायो।

बस्नेतले आफुले सरकारी अस्पताललाई सिलिन्डर सप्लाई गर्ने गरेकाले यती मात्रामा गोदाममा राखेको जनाएका छन्। ‘म अक्सिजनका सिलिन्डर पनि विक्रि गर्छु। त्यसका लागि मगाएको हुँ’, उनले भने।

बजारमा अभाव भईरहेको र नजिकै रहेका अस्पतालहरुमा बिरामीको ज्यान गइरहेका बेला यत्तिका सिलिन्डर गोदाममा राखेकाले त्यो कालोबजारी भएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत भण्डारीले बताए।

प्रहरीले मंगलबार राति ६ सय ५० सिलिन्डर गोदाममा फेला परेको सूचना स्थानीय सञ्चारमाध्यमलाई दिए पनि बुधबार पत्रकारको उपस्थितिमा हानिएको छापामा ६१ वटा मात्रै फेला पारिएको हो। बस्नेत गत वर्ष सरकारी दस्तखत छाप किर्ते गरेको आरोपमा प”क्राउ परेका थिए। उनले कैलालीको गेटा आँखा अस्पतालको औषधीको टेन्डर लिन आन्तरिक राजश्व कार्यालयका अधिकृतको हस्ताक्षर र सरकारी छाप न न’क्कली बनाएर कागजात पेश गरेको पाईएको थियो।

उनले किर्ते गरी ८ करोडका तीनवटा ठेक्का हात पारेको खुलेको थियो। उनी जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। उनलाई, आन्तरिक राजश्व कार्यालयले ३५ लाख राजश्व ठ’गी गरेको भन्दै जरि’वाना गरेको थियो।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय