बिहिबार , चैत्र १५, २०८०

२२ वैशाख, काठमाडौं ।

काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने भएका छन् । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न कतिपय जिल्लामा निषेधाज्ञा जारी गर्दा आवागमन प्रभावित भएका छन् । यसबाट नेपालको भ्रमणमा रहेका पर्यटक समेत प्रभावित भएका छन् ।

यात्रामा लागेको प्रतिवन्धका कारण विदेशी पर्यटक काठमाडौं र्फकन कठिनाई आएको गुनासो आएपछि गृह मन्त्रालयले विदेशी पर्यटकको आवागमन सहज बनाउन मातहतका निकायलाई अनुरोध गरेको हो ।

पर्यटकको पासपोर्ट र भिसा हेरेर उनीहरुलाई काठमाडौं पठाइने भएको छ । सम्बन्धित मुलुक र्फकने पर्यटकलाई हवाई टिकटका आधारमा समेत पठाइने भएको छ ।

उनीहरुलाई नियमानुसार काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्ने गरि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएको छ । प्रारम्भमा काठमाडौं उपत्यकाका एक साताको लकडाउन गरेको सरकारले आजबाट लकडाउन बढाएर वैशाख २९ सम्म पुर्‍याएको छ ।

यसले नेपाल भ्रमणमा आएका पर्यटकहरुको समेत यात्रा प्रभावित भएको छ । अध्यागमन विभागका अनुसार अपि्रल महिनामा मात्र साढे २२ हजार पर्यटक नेपाल आएका छन् । यसमा भारतीय नागरिक बढी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय