काठमाडौं, २२ वैशाख ।

ओली सरकारले जनता समाजवादि पार्टी जसपा पार्टी को माग मुद्धा पुरा नगरेको र अब सम्भव नभएको कारण ओलीलाई विश्वासको मत दिन नसकिने जसपा का केन्द्रिय सदस्य शेर्पाले बताए ।

आङकाजि शेर्पासँग दैनिक न्यूज नेपालले गरेको अन्तर्वार्ताः

१ )तपाईहरुको जसपा पार्टी (ठाकुर-राजेन्द्र) र (उपेन्द्र-बाबुराम) दुई समुहमा विभाजित भएको छ पार्टी फुट्दैछ ?

पार्टी फुट्ने त कुनै प्रसङ्गै उठदैन् दुबै पक्षको यो बिबादको कारणले पार्टी फुट्ने कुरा आउदैन, यो विभाजनको सम्भावना पनि अहिलेको गणितिय खेलमा धेरै कमजोर हुदै आएको छ । जस्तै उता (महन्त-राजेन्द्र) जि ले पनि के भन्नु भा को छ भने, जब सम्म केपी ओलीले हाम्रो मागहरु पुरा गर्दैनन् तब सम्म उहाँ केपी ओलीलाई समर्थन दिने अवस्था छैन, र बाकी रहेको यो एकदुई १२० जनालाई रिहा गर्ने र रशेम चौधरी र लक्षमण थारुको मुद्धा फिर्ता लिन सक्ने अवस्था पनि छैन् त्यसले गर्दा पनि असम्भव हुदै गएको छ । यदि माधप समुहका संसदहरुले राजिनामा दियो भने अनि त्यस पछि महन्त ज्यू को ग्रुप नै लागे पनि ओलीको बहुमत पुग्दैन । भनिसके पछि विभाजनले चाही राम्रो पार्टीलाई असर गर्ला जस्तो लाग्दैन यि दुई कारणले ।

२) महन्त राजेन्द्र पक्ष खाली कागजमा हस्तक्षर गरेर हिडिराख्नु भएको छ, ओलीलाई साथ दिनु हुन्छ ?

हुदैन महन्त राजेन्द्र जि ले ओलीलाई स्पष्ट भनिसकेको छ कि हामी कुनै पनि पक्षलाई चाहे त्यो केपी ओली होस् देउवा होस् चाहे प्रचण्ड होस् कि हामीले उठाएका मागहरु कार्यान्वयन नभए सम्म हामी जादैनौ भनिसके पछि त, प्रमुख माग त राजबन्दी रिहा हो त्यसमा अहिले मुद्धा फिर्ता लिने मात्र भएको छ अरु केही अघि बढेको छैन् । रेशम चौधरी र लक्षमण थारुको मुद्धा त जिउ को तिउ छ भनिसके पछि अब यो एकदुई दिनमा सल्टिने भन्ने सम्भावना छैन् त्यसले समर्थन गर्ने भन्ने कुरा पनि आउदैन ।

३) नेताहरु छुट्टाछुट्टै बैठक गरेर हिडिराख्नु भएको छ यसको संकेत के हो ?

यसलाई अन्यर्था ठान्नु भएन, एउटै परिवारमा, एउटै घटनामा फरक-फरक धारणा राख्छ भने, पार्टी भित्र कुनै विषय वस्तुमा फरक धारण आउनु त्यो कुनै नौलो कुरा हाईन, त्यो काङग्रेस र एमालेमा भित्र पनि प्रचलन छ । (महन्त-राजेन्द्र) ले भन्नु भयो कमसेकम (राजबन्दी रिहा) मुद्धा टुङ्याइ दिउ त्यसपछि ओलीलाई समर्थन गर्ने कि नगर्ने, टुङ्गो लगाउ भन्ने कुरो भाको छ त्यो पनि (जाहेज) हो, अब उपेन्द्र जि ले भनेको चाहि केपी ओली (प्रतिगमनकारी) हुन त्यसैले हाम्रो जस्तोसुकै माग पुरा गरेपनि त्यस्तो प्रतिगमनलाई साथ दिनु हुन्न भन्ने (सैद्धान्तिक) प्रश्न खडा गर्नु भएको छ, मलाई लाग्छ अब यो हिजो जुन प्रकारको अनिर्णयको स्थिति थियो अब त्यो बाट राजनीति बढि स्थिरि तिर उन्मुख छ । काङग्रेसले विश्वासको मतलाई नसघाउने, प्रचण्डले विश्वासको मत फिर्ता लिने, अनि माधब समुहले सामुहिक राजिनामा दिएपछि त ओलीको बहुमतमा (ठाकुर-राजेन्द्र) पक्ष र अरु दल जोडेर पनि बहुमत पुग्दैन, नपुग्ने भएपछि समर्थन गर्नु र नगर्नुको कुनै औचित्य छैन ।

४) जसपा नयाँ सरकार बनाउन लाग्छ कि के गर्छ ?

एकदमै हाम्रो दुबै पक्षका नेताहरु नयाँ सरकार गठनमा लाग्नु हुन्छ । हाम्रो चाहना त अब अलिक अग्रगमन सोच भएको प्रचण्डको नेतृत्व सरकार गठन भए राम्रो हुन्थ्यो, काङग्रेस भन्दा भन्ने यो मेरो व्यक्तिगत बिचार हो ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय