बिहिबार , बैसाख ६, २०८१

काठमाडौ, २२ बैशाख ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफैले बैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि अहिले ओली निकै तनाबमा परेका छन् ।

एमाले एक्लैको विश्वासको मत पुग्दैन यहि कारणले गर्दा ओलीले जसपाको मत लिन ओलीले जसपाका नेताहरुलाई लागेको मुद्धा फिर्ता गरेर केहीलाई छाडे भने केहीलाई छाड्न नमिल्ने भएर छाडेका छैनन् ।

जसपाका उपेन्द्र यादबले भने कुनै हालतमा ओलीलाई विश्वासको मन नदिने बताई सकेका छन् । ओलीलाई आफ्नै पार्टीका माधव समुहले विश्वासको मत नदिने योजना बनाई सकेको माधव समुहले बताई सकेको छ ।

माधव पक्षले ओली विरुद्ध फ्लोर क्रस गर्न सक्ने नेता भिम रावलले बताई सकेका छन् । केपी ओलीलाई विश्वासको मत महन्त ठाकुरले दिने संभावना छ जुन विश्वासको मतकालागि प्रयाप्त छैन ।

माओवादी कैन्दले त ओलीको विकल्प खोज्नु पर्ने पहिले देखी नै बताउदै आएको छ ।

ओलीको सरकार टिकाउने विकल्पका रुपमा विपक्षी दल नेपाली कांगे्रस मात्र थियो यहि आशामा प्रधानमन्त्री ओली कांग्रेस सभापत्ति शेरवहदुर देउवा निवास गएका थिए तर देउवाले हामी विपक्षी हो हामिले विश्वास मतको विरुद्ध मत हाल्छौ भने पछि ओलीलाई अहिले विपक्षीको सामना कसरी गर्ने भन्ने भएको छ ।

यो पनि

काठमाडौं, २२ बैशाख । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओली आफ्ना पार्टीका शीर्ष नेताहरु लिएर देउवा निवास पुगेका थिए ।

उनीहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय