बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २२ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिने नजिकिँदै गर्दा विपक्षी दलका नेताहरुको सक्रियता ह्वात्तै बढेको छ । हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो । उनीहरुको भेटवार्तामा एमालेका नेता माधव कुमार नेपालपनि सहभागी भएका थिए ।

चार नेताहरुबीचको छलफलमा जसरी पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार बनाउनेबारे छलफल भएको बुझिएको छ । चार नेताबीच महाराजगञ्जस्थित् प्रमोद राणाको निवासमा भेटवार्ता भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको साथ लिएर बहुमत सिद्ध गर्न लागेको भन्दै अर्का अध्यक्ष यादवले कुनैपनि हालतमा त्यो पूरा हुन दिन नहुने धारणा राखेका थिए ।

यादवले जसपामा आफूसँग बहुमत सांसद रहेको भन्दै संख्या नै सुनाएका थिए । यादव र बाबुराम भट्टराईले यसअघि नै बहुमत सांसदहरुको हस्ताक्षर गरेर राखिसकेका छन् ।

देउवाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफू तयार रहेको भएपनि जसपाको अवस्था र माधव नेपालक्षधर सांसदहरुले के गर्ने हो ? त्यो पहिले नै प्रष्ट पार्नुपर्ने अडान राखेका थिए ।

माधव नेपालले आफूहरु कुनैपनि हालतमा ओलीसँग मिल्ने अवस्थामा नभएको भन्दै विपक्षी गठबन्धनलाई सघाउने वचन दिएका थिए । माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सबै सांसदले राजीनामा दिनेबारे पनि हिजोको बैठकमा कुरा उठेको थियो ।

तर, यादवले भने माधव नेपाललाई सबै निर्वाचित सांसदले राजीनामा दिनुभन्दापनि १५ जनाले मात्रै राजीनामा दिएपनि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई बहुमत पुग्ने भन्दै सोहीअनुसारअ घि बढ्न सुझाव दिएका थिए । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय