शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, २२ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै एमालेभित्रको विवादको पनि अब छिनोफानो हुने भएको छ ।

उक्त दिन माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत दिन्छ कि दिँदै भन्ने विषयमा यतिवेला चर्चा भैरहेको छ । माधव नेपाल पक्षले कुनैपनि हालतमा ओलीलाई विश्वासको मत नदिने बताईसकेको छ । यदि ओलीलाई आफूहरुको साथ चाहिएको हो भने उनी २०७५ जेठ २ गते फर्किनुपर्ने माधव नेपालको अडान छ ।

माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाएको छ । उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किए भने उनलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ ।

उनले भने,‘हामीले त पार्टी एकता बचाउनको लागि नै प्रयन्त गरिराखेको हो नि । यदि अध्यक्ष २०७५ जेठ २ गते फर्किनु भयो भने हामी उहाँलाई विश्वासको मत दिन्छौं ।’

यसपटक कर्णालीमा जस्तो फ्लोर क्रस नगर्ने नेपाल पक्षको योजना छ । ओलीले पार्टी एकता चाहेको भने अब २०७५ जेठ २ गतेमा फर्किनुपर्ने माधव नेपालको अडान छ ।

उनले आफूनिकट सांसदहरुसँग भन्ने गरेका छन्– अब कुरा क्लियर कट हुनुपर्यो । उहाँले मिलेर जाऔं भन्न चाहेको हो भने पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुपर्छ, त्यसको विकल्प ैन् । होईन, उहाँ फर्किन मान्नुभएन भने हामी विश्वासको मत लिनुभन्दा अघि नै सामूहिक राजीनामा दिन तयार हुनुपर्छ ।’

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय