सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

बारामा व्यापारीहरुले खाद्यान्न सामग्रीहरुको कृत्रिम अभाव गरेका छन्।
उपभोक्ताहरुबाट आफूखुसी रकम उठाउनको लागि बाराका उद्योगीदेखि थोक व्यापारीहरुले खाद्यान्न सामाग्रीको कृत्रिम अभाव गरेका हुन्।

कोरोना संक्रमणको दोस्रो लहरको बहाना बनाएर उनीहरुले खानेतेलदेखि लिएर दैनिक उपभोग्य वस्तुहरुमा अचाक्ली भाउ बढाएका छन्।

उद्योगी र थोक व्यापारीहरुले खाने तेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा पनि अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको स्थानीयले गुनासो गरेका छन्। यसले गर्दा उपभोक्ताहरु थ्प मारमा परेका छन्।

जितपुरको शिवशक्ति घ्यू उद्योग, नितनपुरको त्रिवेणी दाल एन्ड ओइल इण्डस्ट्रिज, अन्नपूर्ण भेजिटेवल प्रोडक्ट्स, चैनपुरमा रहेको नारायणी आ्ेइल एण्ड रिफाइनरी लगायतका उद्योगले उत्पादन गरेका तेलमा मूल्यवृद्धि भएको छ।

ती उद्योगहरुबाट उत्पादित सनफ्लावर्स र तोरीको तेलमा २० दिनको अन्तरालमा अत्यधिक मूल्य बढाएको कलैयाका किराना व्यापारीहरुले गुनासो गरेका छन्।

नारायणी ओइल एण्ड रिफाइनरी उद्योगले बजारमा बिक्री गरिरहेको त्रिशक्ति, निलकमल ब्राण्डका खाने तेल, शिवशक्ति घ्यू उद्योगको फेमिली, स्वस्तिक ब्राण्डका खानेतेलमा अत्यधिक मूल्यवृद्धि भएको कलैयाका किराना व्यापारी दिपक दासले बताए।

त्यसैगरी अमृत आयल उद्योगको अमृत ब्राण्डका खाने तेल, धारा खाने तेलमा पनि ७० देखि ८० प्रतिशतसम्म मूल्यवृद्धि भएको दासले बताए।

थोक मूल्यमा पहिला १० लिटरको सनफ्लावर्स १४ सय ५० रुपियाँमा खरिद गरिए पनि लकडाउन लाग्न भएपछि २५ सय ५० रुपियाँ पु¥याइएको दासले बताए।

खाने तेलमा एकैपटक थेग्नै नसकिने उद्योगीहरुले भाउ बढाएपछि त्यसको भार सर्वसाधारणलाई परेको उनले बताए।

उनले तेलमात्र नभएर चिनी, मसुरोको दाल, चानाको दालमा समेत मूल्य बढेको बताए। उनका अनुसार ती सामग्रीहरुमा क्विन्टलमा दुईहजार भन्दा बढी मूल्य बढेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बजारमा खाद्यान्न सामाग्रीहरुको मूल्य बढाएर बेचिएको जानकारी भएको र त्यसको अनुगमनका लागि स्थानीय तहहरुलाई जिम्मा लगाइएको बताए।

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय