शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्यनासबाट जोगिनु छ भने किनारा खोज्न चेतावनी दिएकी छन् ।

अध्यक्ष शर्मा ओलीकै कारण पार्टी भताभुंग भएको अर्थ दिने ट्वीट गर्दै नेतृ झाँक्रीले ‘‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ,’ भन्दै चेतावनी दिएकी हुन्।

ट्वीटरमा केही समयअघि उनले पार्टी अध्यक्ष ओलीलाई अझ समय बाँकी रहेकाले विचार गर्न सुझाव दिँदै दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छन्।

उनले ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड,’ भनेकी छन्।

उनको ट्वीटलाई राजनीतिक वृत्तमा निक्कै चासोका साथ लिइएको छ। प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय विषयमा गर्दा माधव नेपाल समूहबाट सामूहिक राजीनामाको विषय उठिरहँदा झाँक्रीको उक्त अभिव्यक्ति अर्थपूर्ण रहेको छ।

यो पनि

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले निरंकुशतातर्फ लागेको सरकारले आफूलाई हटाएको आरोप लगाएका छन्। सरकारले पदमुक्त गरेपछि निवास छाड्नुअघि पत्रकार सम्मेलन गरेर शेरचनले असंवैधानिक कदममार्फत निरंकुशतातर्फ लागेको केपी ओली सरकारले आफूलाई पदमुक्त गरेको आरोप लगाए।

‘राजनीतिक प्रतिशोध भन्दापनि निरंकुशतातर्फ सरकार लागेको छ । त्यहि भएर मलाई पनि पदमुक्त गरेको हो,’ उनको प्रश्न छ ‘होइन भने मलाई किन हटायो? मैले कहाँ गल्ती गरे र हटाइयो ? मैले कहाँ असहयोग गरे? यदि गरेको भए भन्नु पर्‍यो नि ! मैले त त्यस्तो गल्ती गरेकै छैन।’

प्रदेश प्रमुखको जिम्मेवारीमा १८ महिना २ दिन गुजारेका उनले आफू रहरले प्रदेश प्रमुख नबनेको बताए । ‘म बाध्यताले प्रदेश प्रमुख बनेको हुँ,’ उनले भने, ‘रहरले यहाँ आएको होइन, मलाई यहाँ बसिरहनु पनि मन थिएन । बाध्यताले बसेको मान्छे मैले कहिल्यै लाभको लागि बार्गेनिङ गरिन । पदमुक्त गर्नुअघि भनेको भए राजिनामा दिन्थे ।’

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्ने वित्तिकै आफूले पद छाड्न खोजेपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रोकेको उनले बताए । शेरचनले भने, ‘असंवैधानिक कदम चाल्नेवित्तिकै राजिनामा पत्र खल्तीमा राखेर प्रचण्डलाई जानकारी गराउन गएको थिए । तर खै उहाँलाई फेरी पार्टी एकता हुन्छ जस्तो लाग्यो कि के लाग्यो, मलाई राजिनामा नदिनुस्, तपाईं त्यहाँ बसिरहनुस् भनेर रोक्नुभयो ।’ ढिलै भएपनि पदमुक्त भएकोमा आफू खुशी रहेको उनले बताए ।

‘ओलीजी र पछि प्रचण्डजीले आग्रह गर्दापनि नस्वीकारेको पद पछि पार्टीले नै निर्णय गरेपछि बाध्य भएर स्वीकारेको उनले बताए । ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद,’ उनले भने ।

शेरचनले भ्रष्टाचार र कमिसनहरुको खेलमा दंगदंगी गन्हाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति आफू नभएको भन्दै प्रधानमन्त्री ओलीलाई व्यंग्य गरे। बरु आफू वैदेशिक हस्तक्षेप, सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धमा आफूले जेलनेल भोगेको व्यक्ति भएकाले पद गएकोमा कुनै पछुतो नभएको बरु खुशी भएको उनले बताए । ‘पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति म होइन,’ उनले भने।

शेरचनले आफू पदमा रहुञ्जेल कसैलाईपनि काखा र पाखा नगरेको दाबी गरे । ‘सरकारलाई पनि सहयोग गरेको जिकीर गर्दै उनले भने,‘यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिएँ । कुनैपनि पार्टी विशेषको प्रभाव र छायाँमा काम गरिन। सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय