सोमबार , चैत्र १३, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

दोस्रो चरणमा नयाँ भेरियन्टसहित तीव्ररुपमा फैलिएको कोरोना भाईरस एक व्यक्तिलाई पष्टि भईसकेपछि परिवारका प्रायः सबै सदस्यलाई देखापर्ने गरेको छ। कोरोना संक्रमणबाट अछुतो रहने सम्भावना कमै हुन्छ। तर, अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना संक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

पछिल्लो पटक शिक्षण अस्पतालमा मंगलबार रुकुम घर भएकी ३२ वर्षीया एक संक्रमित महिलाले पनि स्वस्थ बच्चा जन्माईन्। मेडिकल कलेजका उपनिर्देशक डा.नितेशकुमार कनोडियाका अनुसार मंगलबार दिउँसो सवा ३ बजे ति महिलाले २ दशमलव ७ किलोग्राम तौल भएको बच्चा जन्माएकी हुन्। उनको पेटभित्र रहेको ४१ हप्ता पुरा भएको बच्चालाई शल्यक्रिया गरेर बाहिर निकालिएको उपनिर्देशक कनोडियाले जानकारी दिए। ‘मेडिकल कलेजमा डाक्टरको एउटा टिमले सफलता पुर्वक शल्यक्रिया गरेर बच्चालाई निकालेको हा। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ, बच्चा स्वस्थ छ,’ उनले नागरिकसँग भने।

सुत्केरी बेथाले च्यापेपछि रुकुमबाट कोहलपुर आईपुगेकी ति महिलाको पिसिआर परीक्षण गर्दा यही बैशाख २० गते कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी अस्पतालमै भर्ना भएकी थिईन्। उनको शल्यक्रियामा मेडिकल कलेजका प्रोफेसर डा. मिता सिंह, स्त्री रोग तथा प्रसुती विशेषज्ञ डा.कविता सिन्हा र डा.गोमा रिमाल, एनेस्थेसियोलोजिष्ट शैलेन्द्र शाक्य, डा.श्याम नन्दन शाह, स्टाफ नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महरा, सहयोगी प्रेमको टिम खटिएको अस्पताल प्रशासनले जनाएको छ।

‘अहिले नयाँ भेरियन्टको कोरोना भाईरस एक जनालाई देखिने बित्तिकै प्रायः सबैलाई सरिरहेको छ, तर आमालाई कोरोना भएपनि पेटमा रहेको बच्चालाई सरेको देखिएन,’ मेडिकल कलेजका चिकित्सक भन्छन् ‘यो हप्तामा मात्र तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।’ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय