मंगलबार , बैसाख ११, २०८१

काठमाडौं, २१ वैशाख ।

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नं। २ (ख) बाट निर्वाचित एमाले सांसद डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा भोलि (बुधबार) स्वागत गरिने   बताइन् ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन् ।

डाँगी माओवादी केन्द्रमा प्रवेश गरेपछि अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् । एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए ।

यस अघि विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी थिईन्।

यो पनि

फुट्नै लागेको जसपामा ‘गेम चेन्ज’- यसरी परे ठाकुर समूह अल्पमतमा

काठमाडौं- लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी बिभाजनाको मुखमा रहेको देखिएको छ । पार्टीको निर्णय विपरित चार सांसद सरकारमा सहभागी भएको बिषयले उनीहरू कारबाहीमा परेका छन् । लुम्बिनीमा अब जसपाका २ सांसद मात्र बांकी छन् । उक्त प्रदेशमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै प्रदेशसभामा अर्को पत्र पठाएका छन् । ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्वराजपा नेपाल र पूर्वसमाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन् ।

ठाकुरले लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई केन्द्रीयस्तरबाट कुनै कारवाही नभएको समेत पत्रमा उल्लेख गरेका छन् । ठाकुरले लुम्बिनी प्रदेशसभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरा समेत अवगत गराएका छन् । चार जना सांसदलाई कारवाही गरेसंगै जसपा विभाजनतिर उन्मुख भएको नेताहरुले बताएका छन् ।

लामो समयदेखि विवादको केन्द्रमा रहेको जसपा लुम्बिनी काण्डले अन्तत: फुटको नजिक पुगेको विश्लेषकहरूले बताएका छन् । जसपाभित्र लुम्बिनी प्रदेशको बिवादले पार्टी विभाजनतर्फ धकेलेको जसपाकै नेताहरु पनि स्वीकार गर्छन । तर पछिल्लो अवस्थामा पार्टीमा उपेन्द्र यादव र बाबुराम भट्टराईको पक्षमा बहुमत देखिएको छ ।

लुम्बिनी प्रकरणकै कारण जसपामा इस्तियाक राई र शर्वेन्द्रनाथ शुक्लाबिचमा फाटो आएको छ । लुम्बिनी प्रदेशका नेता सर्वेन्द्रनाथ शुक्लाको पहलमा अविश्वास प्रस्तावमा सहि गरेका चार सांसदलाई मन्त्री बनाउने खेल भएको थियो । शुक्ला र राजेन्द्र महतोको जोडबलमा उक्त निर्णय भएको बताइन्छ ।

जसपाका अर्का नेता इस्तियाक राई भने यो निर्णय र खेलको विरुद्धमा थिए । राईले पार्टी निर्णय कार्यान्वयन गराउन निकै पहल गरेको बुझिएको छ । तर, सांसदहरुलाई मन्त्री बनाएपछि खेल उल्टिएको थियो । यसै घटनापछि उनिहरुबीच इगोको लडाईं उत्कर्षमा पुगेको बताइएको छ ।

लुम्बिनी पार्टी र प्रदेशसभा दुवैमा उपेंद्र-बाबुरामको बहुमत भएपनि मुख्यमन्त्री पोखरेलसंग मिलेर राजपाका नेताहरुले आफुहरुलाई सिध्याउन खोजेको भन्दै अहिले नेता राई बिच्किएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवसंग त्यतिबेलासम्म राईको सम्बन्ध खराव थियो । जब लुम्बिनी प्रदेशमा राईको राजनीति सकाउने शुक्ला र महतोको डिजाइनपछि जसपाभित्र नयां समिकरण बनेको छ ।

उक्त घटनापछि नेता राईले ट्वीटरमार्फत महतो र महन्थलाई व्यंग्य गरेका थिए । उनले बर्तमान नबुझ्ने विगत नै सम्झेर दम्भ भएका नेताहरू भन्दै टिप्पणी समेत गरेका थिए । अहिले जसपामा राईको नेतृत्वको समुह जतातिर लाग्यो त्यतै बहुमत बन्ने स्थिती छ । सुदर्शन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय