बिहिबार , चैत्र १५, २०८०

दुबई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अप्रिल महिनाका लागि ‘आईसीसी प्लेयर अफ द मन्थ’ मा नेपालका कुशल भुर्तेलको नाम मनोनयन गरेको छ। मनोनयनमा कुशलसँगै पाकिस्तानका बाबर अजाम र फखर जमान परेका छन्।

कुशलले भर्खरै सम्पन्न त्रिदेशीय टी–२०आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सरिज जिताउन महत्वपूर्ण योगदान गरेका थिए। आईसीसीले सोही प्रदर्शनको आधारमा उनलाई ‘प्लेयर अफ द मन्थ’मा मनोनयन गरिएको जनाएको छ।

कुशलले डेब्यू खेलदेखि लगातार तीन अर्धशतक प्रहार गरेका थिए। उनले डेब्यू खेलदेखि टी–२०आईमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेर इतिहास रचेका थिए।

कुशलले नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा २७८ रन प्रहार गरेका थिए।
मनोनयनमा परेका कुशललाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यो पनि

काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो। टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ। यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो। एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ। -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय